२०७८ श्रावण २८, बिहीबार ०७:१८

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बुधबार आईटी आर्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

बुधबार एमाले नेता प्रभु साहले निर्माण गरेको आईटी आर्मीको सर्लाही जिल्लामा पहिलो भेला सम्पन्न भएको हो । आईटी आर्मीका केन्द्रीय संयोजक चन्द्रभुषण साहको अध्यक्षता तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रबाट भर्खरै एमालेको केपी ओली समूहमा लाग्नु भएका नेता प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा पूर्व सभासद् कुन्दन कुशवाहा, आइटी आर्मीका सर्लाही जिल्ला संयोजक बलराम खड्का लगायतको आतिथ्यता रहेको थियो । भ्रष्टाचार र अन्य बेथितीको खबरदारी गर्ने अभियान अन्तर्गत बुधबारको भेला गरिएको नेता प्रभु साह निकटका नेताहरुले बताएका छन् । पूर्व मन्त्री तथा नेता प्रभु साह एमालेको ओली समूहमा लागेको भएपनि एमालेको ओली समूह सर्लाहीका अध्यक्ष राजनारायण साहले केही दिनअघि नै प्रेस विज्ञप्ती निकालेर बुधबारको भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको उल्लेख गरेका थिए ।

Comment

Related News

Latest News

Trending News