२०७८ श्रावण २८, बिहीबार ०७:३४
जीतपुर । बाराको जीतपुरबाट हराएको मोटरसाईकल रौतहटमा बरामद भएको छ ।
साउन २० गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थितमा ड्रिम्स ताज होटल अगाडि पार्किङ गरी राखेको प्रदेश २–०३–०१६ प ३९३ नं.को २२० सि.सि.को पल्सर चोरी भएको थियो । चोरी भएको मोटरसाईकल ईलाका प्रहरी कार्याालय सिमराले खोजी कार्य गर्दै जाँदा रौतहट जिल्लाको विजयपुर भन्ने ठाँउमा वेवारिसे अवस्थामा फेला पारेको थियो । बरामद मोटरसाईकललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने मोटरसाईकल धनी प्रदिप गोस्वामीलाई बुझाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


