अपडेट 
२०७८ श्रावण २८, बिहीबार ०७:३७

कलैया । भारतको मोतिहारी बाल गृहबाट उद्दार गरिएका दुई बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको रोहबरमा बुधवार परिवारको जिम्मा लगाइएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुश्वाहाले बताए ।

गत असार २७ गते विश्रामपुर गाउँपालिका वडा नं १ छातवा बस्ने १५ वर्षीय बुधन मुखिया बिन र १३ वर्षीय अनिल मुखिया बिन रोजगारीको लागि भारत जाने क्रममा रक्सौलस्थित भारतीय प्रहरीले नियन्त्रणमा लिई बाल गृह मोतिहारी पठाएको थियो । अभिभावकहरुले ती दुवै बालकलाई खोजबिन गर्दा कहि कतै फेला नपरेपछि मोतिहारीस्थित बाल गृहमा आफ्नो छोरा रहेको जानकारी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदको सहयोगमा र संरक्षण नेपाल बाराको सहजीकरणमा संचालित बाल हेल्पलाइन निशुल्क टोल फ्रि नं १०९८ बाट जानकारी पाएको अभिभावकहरुको भनाई रहेको छ । विश्रामपुर गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा साउन ५ गते बाल हेल्पलाइन र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि टोली मोतिहारी पुगेर जिल्ला बाल कल्याण समिति, जिल्ला बाल संरक्षण इकाई र बाल गृहको प्रतिनिधिहरुले बिहार सरकार समाज कल्याण विभागबाट अनुमति पाएपछि बालकहरुलाई नेपाल ल्याइएको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । तराई मधेशका जिल्लाहरुमा गरिबीको चपेटामा रहेका बालबालिकाहरु विद्यालय जाने बेलामा परिवारको जीवन यापनका लागि रोजगारीको सिलसिलामा भारतका बिभिन्न शहरमा श्रम गर्न जान बाध्य छन् । अधिकांस बालकहरु ठेकेदार, दलालको मार्फत समेत भारततिर जाने गरेका छन् ।

नेपालका नाकाहरुहरुमा कडाईका साथ चेकजाँच नभएको हुँदा नेपाली नाका पार गरेर भारत पुगेपछि मात्र पक्राउ पर्ने गरेको कयौ उदाहरणहरु रहेको छ । यसमा सरोकारवाला गम्भिर बन्नु पर्ने देखिन्छ ।

Comment


Related News

Latest News

Trending News