२०७८ श्रावण २८, बिहीबार ०७:४०

मलगंवा । सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा प्रदेश न–२ अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक बिजय झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त गोष्ठीमा गत आर्थिक वर्षमा पालिकामा स्वास्थ्य सम्बन्धी भएको कार्यक्रमहरु बारे चर्चा गरिएको थियो । गोष्ठीमा सहभागी नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आआफ्नो वडामा गरेको स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेको थियो । सोही गोष्ठी मार्फत १२ वटै वडाबाट आन्तरिक मुल्यांकनको आधारमा उत्कृष्ट कार्य र सेवा प्रदान गरेर उत्कृष्ट भएर छानिएका तीनवटा वडा स्वास्थ्य चौकीलाई सम्मानित गरिएको छ । क्रमशः प्रथम, द्वितीय र तृतीय हुने सिसौटिया ,बगदह र गोडैता स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रमुख अतिथि प्रदेश स्वास्थ्य निर्देशक झाले नगदसहित कदरपत्रले सम्मानित गरेको गोडैता नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए । आर्थिक बर्ष २०७७÷०७८ को स्वास्थ्य संस्था स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने नगर भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुमा धन्यवाद दिएका थिए ।

गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले अगामी दिनमा यस नगरपालिकालाई जिल्लाकै नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गोडैता नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख अंजना कुशवाहा, स्वास्थ्य कार्यालय सर्लाही प्रमुख डा.नवल किशोर झा लगायत सेभ द चिल्ड्रेनका परमानन्द मण्डल र उनको टिम,युनिसेफ जनकपुरका बेकी प्रसाईं ,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव तथा पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रमका संचालक समेत रहेका गोडैता नगरपालिका स्वा.शा.प्रमुख पंडितले बताए ।

Comment


Related News