हचुवा सुचनाको अधारमा वीरगन्ज महानगपालिका वडा नम्बर १४ र महानगरपालिकाको राजश्व कार्यालयमा छापेमारी छापेमारी भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले वीरगन्जमा गरेको छापेमारीमा खासै प्रमाण फेला नपरे पछि छापेमारी छानविनमा परिणत भएको छ ।आफुहरुले महानगरपालिकाको राजश्व सम्बन्धी केहि जानकारी हासिल गरिरहेको बताउदै आफ्नो परिचय समेत लुकाए ।आफुहरु वडा कार्यालय र राजश्व महाशाखामा छानविन मात्र गरिएको बताए । महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसंग सोधपुछ गर्नुका साथै कम्पीयुटरका बिबरण लगायत विभिन्न फाइलको विवरण बारे छानबिन गरेका छन् । अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी गराए ।‘छापा होइन,उजुरीको सम्बन्धमा छानबिन गर्न टोली वीरगंज पुगेको हो,’उनले बताए ,छापा हान्दा फाइल र मानिस नियन्त्रणमा लिइन्छ ।’ अनुसन्धान टोलीले सुक्षम अनुसन्धान गरिरहेको र छानबिनपछि कार्यालयले आधिकारिक प्रतिक्रिया उनको भनाइ थियो ।
राजस्व सम्बन्धी विभिन्न शुल्क उठाउने,रसिद नकाटने वा काटे पनि राजश्व दाखिला महानगरमा नगर्ने,मालपोत तिरो अर्थात सम्पति करमा हिनामिना सम्बन्धी वडा नं १४ पिपरामा अनुसन्धान गरेपछि सोही वडाको कागजातसंग जाँचबुझ गर्न टोली महानगरमा आएको महानगर स्रोतले बताएको छ ।वीरगंज महानगरको मेयर विजयकुमार सरावगीले वडा नं १४ को आर्थिक गतिविधि बारे महानगरमा टोली पसेको बताए ।


