अपडेट 
२०७८ श्रावण २९, शुक्रबार ०७:२७

जनकपुरधाम । विद्यार्थी भन्दा पनि शिक्षक बढि रहेको भन्दै चर्चित बनेका जनकपुरधामका एक विद्यालयले विद्यार्थीको संख्या बढाएर अनियमितता गरेको आरोप लगाइएको छ ।

जनकपुरधामको वडा नं १ स्थित मिथिला विहारी प्राविमा विद्यार्थीको उपस्थिति भन्दा ६ गुणा विद्यार्थीको झुठा संख्या खडा गरेर अनियमितता गर्दै आएको स्थानियवासीले आरोप लगाएका छन् । पुलचौकका स्थानिय तथा अधिवक्ता कृष्ण कुमार झाले विद्यालयको विभिन्न विवरणहरु उपलव्ध गराउनका लागि माग गरेपछि विद्यालयमा फर्जी कामहरु भइरहेको खुलेको हो । गएको असार ३१ गते नै जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भएको सो निवेदनमा आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८को छात्रवृति वापत निकासा भएको रकम छात्रछात्रालाई वितरण नै नगरि फर्जि विल भरपाई पेश गरेको तथ्य खुलेको हो । पाठयपुस्तक,दिवा खाजा वितरणमा छात्रछात्राहरु फर्जी रुपमा कायम गरि रकम हिनामिना गरेको भन्दै दुवै आर्थिक वर्षमा शिक्षा शाखाबाट निकासा भएको रकमको विवरण उपलव्ध गराउन माग गरिएको छ । सो विद्यालयमा अनुगमन गर्दा विहान १० बजेदेखि विद्यालयको कार्यालय खोल्नुपर्नेमा विहान ११ बजे संचारकर्मीहरुको टिम पुगेपनि कार्यालयमा कोहि पनि उपस्थित नरहेको देखिएको छ । कोरोना महामारीका कारण वन्द रहेका सो विद्यालयमा १५÷२० जना विद्यार्थीहरुमात्र उपस्थित हुदै आएको मिथिला विहारी मन्दिरका सचिव मनोज पुर्वेले बताए । आफुहरुले विद्यार्थीहरुको नाममा निकासा गरिएको विभिन्न भत्ताहरुको विषयमा विद्यालयका प्रधानाध्यापक गिता यादवसंग प्रतिलिपी माग गर्दा उनी विद्यालय आउन छाडेको बताए । विद्यालयमा पियन सहित १२ जना शिक्षक कार्यरत रहेपनि कसैको उपस्थिति नरहेको र घरबाटै हाजिरी गर्दै आएको जनकपुरधाम उद्योग वाणिज्य संघका सदस्य समेत रहेका स्थानिय सुरेन्द्र दासले बताए । विद्यालयमा भइरहेको हिनामिना विषयमा खोजवीन गर्दा महिनौदेखि विद्यालय नआएको उनले वताए । बाढीका कारण विद्यालय आंशिकरुपमा क्षतिग्रस्त रहेपनि कुनै पनि पहल नगरि प्रधानाध्यापक यादवले आफु मनपरि गर्दै आएको जनता समाजवादी पार्टीका युवा नेता किशन साहले आरोप लगाए । विद्यालयबाट १२ जना कर्मचारीले नियमित तलव लिदै आएपनि उपस्थिति भने कसैको नरहेको बताए ।

पटक पटक सम्बन्धित निकायर्को ध्यानाकर्षण गराउदा पनि विद्यालयको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले समेत खोजखवर नगरेको उनको गुनासो छ । सो विद्यालयमा दुइ सय भन्दा बढि विद्यार्थी अध्यन गर्दै आएको पाइएको छ । सो विद्यालयमा दुइ दर्जन विद्यार्थी मात्रै अध्ययनरत रहेका छन ।

Comment


Related News

Latest News

Trending News