अलपत्र अवस्थामा रहेकी आमा छोरीलाई रौतहट जिल्लाको गौरमा संचालन रहेको मानव सेवा केन्द्रमा पठाईएको छ ।
मलंगवा नगरपालिका सर्लाहीको पत्रको आधारमा कन्चंरूप नगरपालिका कंचनपुर सप्तरी १५ महिनाको छोरी सहित अलपत्र अवस्थामा रहेकी उक्त महिलाको ठेगाना पता लगाएर परिवारको जिम्मा लगाई दिने अनुरोध सहितको पत्र साथ मानव सेवा केन्द्र रौतहटमा पठाएको सेवा केन्द्रका अध्यक्ष किरण कुमारी ठाकुरले जानकारी दिइन् । स्पष्ट संग बोल्न नसकिने करिव ३० वर्षीया महिलाको १५ महिनाको छोरी रहेको छ । अवधि भाषा प्रयोग गर्ने उक्त महिलाले आफ्नो नाम इन्द्रावती पासी र छोरीको नाउँ आशा पासी बताए पनि आमा बुवा र जन्म स्थलको नाम प्रस्ट बताउन सक्ने अवस्थामा नरहेको बुझिएको छ ।
भाषाले नेपालगंज ,भैरहवा तिरको हुन् सक्ने अनुमान गरिएको छ । बुवाको नाम केशवर पासी र भाईको नाम शिव कुमार पासी , मनोज पासी भनेको भएपनि लोग्ने र बुवा तथा घर कुन ठाउमा छ भने उल्लेख गर्न नसकेकोले पहिचान गर्नेले पिडितको परिवार भए ९८५५०२५९१४ मा जानकारी गराई दिन सस्थाका अध्यक्ष ठाकुरले अपिल गरेको छ ।


