२०७८ श्रावण २९, शुक्रबार १७:४६

प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए ।

Comment


Related News