अपडेट 
२०७८ श्रावण ३०, शनिबार ०७:०६

शिर्षक पढ्दा अनौठो लागेको होला । होईन ? तर अचम्म मान्नु पर्ने केही छैन । यो सत्य हो । दुबै देशका युवा पुस्तालाई वर्वाद गर्ने नियोजित उद्येश्यका साथ संचालित यो अघोषित समझौता सरोकारवाला निकायका लागी आम्दानीको भरपर्दो श्रोत बनेको छ । अल्लारे युवाहरुका लागी होस गुमाउने मेसो अनि अभिभावको लागी बर्बादीको कारक । सीमावर्ती नेपाली मदिरा व्यावसायी तथा भारतीय ड्रग्स बिक्रेता बीचको अघोषित, अवैध तथा अमूर्त समझौताको कार्यान्वयनमा कृयाशील छन– दुबै देशका प्रहरी प्रशासन , जनप्रतिधि तथा किडनी बेचेर श्रीमतिको लागी बुलाकी बनाउन रुचाउने अभियन्ताहरु पनि । नेपाल–भारत जोडने सम्पूर्ण सीमानाकामा जनपथ र सशस्त्र प्रहरीको कैम्प छ । सीमापारी आफूलाई व्यावसायिक सुरक्षा फौज भनाउन रुचाउने एसएसबीको कैम्प छ । नेपालतिर सीमानाका बिओपी (बोर्डर आउट पोष्ट ) थप्ने गृहकार्य जारी छ । फेरी नेपालको संविधान–२०७२ ले स्थानीय सरकारको परिकल्पना गरेको छ । नेपालतिर पर्याप्त वजेट तथा कार्यादेश भएको स्थानीय सरकार छन् । उत्तातिर ग्रामपञ्चायतका दवंग मुखिया र सरपञ्चहरुको शासनसत्ता । र पनि नेपालबाट रक्सी निर्यात रोकिएको छैन । भारतबाट ड्रग्स आयात जारी छ ।

औपचारिक रुपमा दुई देशको सीमानाका एक वर्ष अधिक समयदेखि बन्द छन् । रामायणकालदेखि जारी दुई देशबिचको वैवाहिक सम्बन्ध प्रभावित भएको छ । बेहुला बेहुलीलाई पैदल बोर्डर पार गर्नु परेको तस्वीर यिनै हातहरुले खिचे अनि सार्वजनिक गरे । धनुषाका एक युवकलाई सीमानाकामा प्राण त्याग गर्नु पर्यो । तर रक्सी निर्यात कहिल्यै रोकिएन । ड्रग्स आयात कहिले बन्द भएन । तस्करको मोटरसायकल,साइकल,ट्रेक्टर कहिल्यै रोकिएन । रोकियो त ? अनि विमारी बाकेको एम्बुलेन्स आउ जाउ गर्न नपाउने , बेहुला बेहुली बोकेको जिप आवागमन नहुने बोर्डरबाट तस्करीका सामान कसरी आउ‘छन ? जवाफ कोहीसंग छ भन्ने पाऊ । विहीवार संसारभरि विभिन्न कार्यक्रम गरेर अन्तरराष्ट्रिय युवा दिवस मनाइयो । नेपालका संघ संस्थाहरुले पनि युवा दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजन गरे । कहि सम्मान गरियो । कहि पुरष्कार बांडियो । कहि युवा र दुरव्यशन सम्बन्धी अन्तरक्रिया आयोजन गरियो । शिक्षा,स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरुको आयोजन गरि रहने पिपुल प्रमोट सेन्टर धनुषाले एनसीई नेपालको सहयोगमा युवा र दुरव्यशन विषयक अन्तरक्रियाको आयोजन गरेको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यापकदेखि युवा अभियन्ताहरुको पनि सहभागिता थियो । युवा वर्गमा बढदो दुरव्यशनप्रति सबैले चिन्ता व्यक्त गरे । यसलाई समयमै नियन्त्रण गरिएन भने भविष्यका कर्णधार भनिने युवा पुस्ता बर्बाद हुने चेतावनी दिइयो । वर्षभरि यस्ता कार्यक्रम आयोजन भई रहन्छ ।

वर्षैभरि युवाहरु नेपाल भारत ओहोर दोहोर गरिरहन्छन् । रक्सी लान्छन अनि ड्रग्स ल्याउछन् । वास्तविकता के पनि हो भने सीमापार हुने यस अवैध व्यावसायलाई रोक्नु सजिलो पनि छैन । यसका लागी सामुहिक प्रयास अनि दीर्घकालीन योजनाको आवश्यकता छ । युवाहरुमा उर्जाको भण्डार हुन्छ । जसले आफ् नो उर्जाको सकारात्मक प्रयोग गर्छ ऊ सकारात्मक दिसामा अघि बढ्छ । जो उर्जाको नकारात्मक प्रयोग गर्छ ऊ नकारात्मक दिसामा भासिन्छ । ड्रग्सको अम्ली हुनुको अर्थ हो नकारात्मक दिसामा भासिनु । युवालाई व्यस्त रह्ने वातावरण चाहिन्छ । पढाईसंगै खेलकुद चाहिन्छ । मनोरंजन चाहिन्छ अनि समाजमा कदर होस भन्ने मनसाय उनिहरुमा पनि हुन्छन् । लौ भनौस् – युवाका लागी हाम्रो गाउ‘ –टोलमा खेलमैदान छ ? पुस्तकालय छन् ? विद्यालयहरुमा अतिरिक्त क्रृयाकलाप आयोजन हुन्छ ? हामीले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्न सकेका छौ ? यनि उनिहरु खेल्न पाउदैन भने उनिहरु आफ्नो समय अन्य काममा व्यतीत गर्न वाध्य हुन्छन् । पढन पाउदैन भने अर्को काम गरेर समय विताउन वाध्य हुन्छ अनि त्यो समय जेमा पनि हुन सक्छ । कोही झै झगडा गरेर , कोही जाड रक्सी खाएर अनि कोही ड्रग्स सेवन गरेर ।

त्यसैले युवाहरुमा बढदो दुरव्यशनलाई रोक्न उनिहरुलाई व्यस्त राख्ने जोहो गर्नु पर्दछ । खेल मैदान , खेलप्रतियोगिता,गीत,संगीत,हाजिरी जवाफ प्रतियोगिता आदिको नियमित आयोजन गर्नु पर्दछ । युवाहरुलाई नेतृत्व गर्ने अवसर दिनु पर्दछ । तर तीनै तहका सरकार यस सम्बन्धमा सकारात्मक योजना ल्याएको मलाई थाहा छैन । तपाईहरुलाई थाहा छ भने सूचना पाऊ‘ ।।

Comment


Related News

Latest News

Trending News