अपडेट 
२०७८ श्रावण ३०, शनिबार ०७:१९

जनकपुरधाम । टिभिएस मोटर्स जनकपुरधामका आधिकारिक विक्रेता जगदम्वा मोटर्सले सफलतापुर्वक छ वर्ष पुरा गरेको छ ।

जनकपुरधाममा शुक्रबार आयोजना गरेको मिट एण्ड ग्रिट विद निखिल उप्रेती कार्यक्रममा विश्वविख्यात कम्पनी टिभीएसप्रति जनताले देखाएको माया स्नेहले उल्लेखनीय प्रगती गर्दै नेपालमा टिभिएसको स्कुटर नम्वर एक र मोटरसाईकलमा नम्वर २ स्थानमा विक्री भएको टिभिएसका जि एम दिपक रौनियारले बताए । लामो लकडाउनले जनता र टिभिएस विच बढेको दूरी कम गर्नका लागि व्राण्डका एम्वेसडर निखिल उप्रेतीले जनकपुरधाम बासीसंग भलाकुसारी गर्दै टिभिएस जनता संगै रहेको जर्गेना गर्ने अभिप्रायले कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रममा ब्राण्ड एम्वेसडर निखिल उप्रेतीले स्मार्ट व्यक्तिले नै टिभीएसका स्मार्ट मोटरसाईकलहरु प्रयोग गर्दै आइरहेको वताउदै आफुले पटक पटक जनकपुरधाम आउदा खेरी मैथिली बोल्न नसकेकोले अब आउदा खेरी आफु मैथिली भाषा सिकेर जनकपुरधाममा उपस्थित हुने बताए । आफु पनि मिथिलाकै बासी रहेको बताउँदै उनले आमाबुवाले राम्रोसंग मैथिली बोल्दै आएपनि आफु काठमाण्डुमा बसेकोले मैथिली भाषा बोल्न नआएको थपे ।

जि एम रौनियारका अनुसार टिभीएसले आउने युगसंग प्रतिस्पर्धाका लागि थुप्रै मोडिफाइ गरि मोटरसाईकलहरु बजारमा ल्याउन लागेको बताए । हजारौ मोटरसाइकलको विचमा आफनो मोटरसाईकल पता लगाउने फिचरका साथ धेरै फिचरहरु रहेको मोटरसाइकल छिटै बजारमा आउने उनले बताए । केहि दिन पहिला मात्रै युवाहरुलाई केन्द्रित गरि मारभल एडिसनका स्कुटीहरु बजारमा ल्याएका थिए भने फेरि चाँडै नै नयाँ मोडलहरु लन्च हुन लागेको उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News