जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिका–२५ लोहनामा खानदाने बरकात समूहका प्रमुख स्व.हाजी असगÞर अलीको सम्झनामा मिलाद(प्रवचन) आयोजना गरिएको छ ।
उर्दू क्यालेन्डरको पहिलो महिना मोहर्रमको ३ तारेखÞ अर्थात साउन २८ गतेका दिन उनको सम्झनामा इस्लामी कार्यक्रमको आयोजना गरिएको थियो । हाजी असगÞर अलीको चार छोरा र १६ नातीनातिनीहरु रहेका छन् । हाजी असगÞर अलीको नाती र ईस्लाम धर्मका प्रख्यात धर्म गुरु स्व. शेरे नेपालले उनको रेखदेखमा इस्लामी शिक्षा पाएका थिए । स्व. शेरे नेपालले अफनो जीवनमा हजुर बुवाको सम्झनामा हरेक वर्ष उनको दरगाहमा चादर(दोसल्ला) चढ़ाएर गÞरिब असहायलाई दान र खाने कुराको प्रबन्ध गरी इस्लामी कार्यक्रम गर्दै आईरहेका थिए । हाजी असगÞर अलीको नातीहरूले नेपाल सरकारका विभिन्न पदमा जागिर खाएर देशको विकासमा आफनो योगदान दिरहेका छन् ।
स्व. हाजी असगÞर अलीले देशको उन्नतिमा शिक्षाको महत्व रहेकोले उनी आफना छोराहरुलाई आउने सबै पिढीलाई शिक्षा दिनका लागि प्रेरित गरेका थिए । यस अवसरमा बरकाती खानदानका युवाहरू मो. आकिब रेजा, मो. शैफ रेजÞा , जैनब खातुन ,मो.अलकमा अहमद रेजÞा मो.लाडले, मो.इमतेयाज, मो.अकरम हुसैन ,मो. सच्चे , हाफीÞजÞ, कारी मौलाना आरिफÞ रेजÞा बरकाती ,मो.सराफत अली ,मो.सकेब, मो.हैदर अली, लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।


