जनकपुरधाम । प्रदेश सरकारले अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडीलाई पुरस्कृत गरेको छ ।
प्रदेश २ को महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले खेलाडीहरुलाई पुरस्कृत गरेको हो । प्रदेश २ बाट प्रतिनिधित्व गर्दै साग खेलकुदमा स्वर्ण विजेता २ जनालाई २० हजार नगद र ओलम्पिकमा नेपालबाट सहभागि प्रदेशका खेलाडीलाई १० हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । साग खेलकुद उसु तर्फ स्वर्ण विजेता सिरहाका विजय सिंजाली, भारतोलनमा स्वर्ण विजेता पर्साका विजय थापालाई नगद २० हजार र हालै सम्पन ओलम्पिकमा नेपालको तर्फबाट सहभागि सिरहाका कल्पना परियारलाई नगद १० हजार नगदसहित पुरस्कृत गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका उप सचिव ठुलोबाबु दाहालले बताए ।
तीनै जनालाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले बिहिबार नगद र सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेका थिए ।