२०७८ श्रावण ३१, आईतवार ०७:१०

जनकपुरधाम । निजामती कर्मचारी युनियन धनुषाले भौतिक पुर्वाधार विकास मन्त्रालयका सल्हाकार जिवनाथ चौधरी र भौतिक पुर्वाधार विकास मन्त्रीका स्वकीय सचिव धीरेन्द्रमोहन झालाई सम्मान गरेको छ ।

निजामती कर्मचारी युनियन धनुषाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का संयोजक राजकिशोर राउतले सल्हाकार र स्वकीय सचिवलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पुर्वाधार विकास मन्त्रालयका सल्हाकार जिवनाथ चौधरीले राजनीति विचारको अधारमा प्रदेशका कर्मचारीलाई प्रताडीत हुन नदिने प्रतिबद्धता जनाए । राजनीति आस्थाको अधारमा सरकारमा रहेको दलले विपरित दलसंग आबद्ध कर्मचारीलाई दुख दिने प्रवृतीको हटाउन पहल गर्ने छु ,चौधरीले भने ‘म पनि पीडित कर्मचारी हो । अपराध नै नगरेपनि ९ वर्ष देखि जिम्मेवारी बिहिन छु । सर्वोच्च अदालतमा २ वर्ष देखि मुद्धा अलपत्र पर्दा मैले समस्याको सामना गरेको छु ।’ काग्रेसमा लागेका कारण माओवादी र मधेसवादीका मन्त्रीले ३ लाखको योजनामा फसाउने षडयन्त्र गरेको चौधरी आरोप लगाए । प्रदेशका कर्मचारीलाई राजनीतिक रुपले समस्या हुन नदिन भौतिक पुर्वाधार विकास मन्त्रालयबाट पहल गर्ने कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख अतिथि राजकिशोर राउतले समायोजनमा प्रदेश सरकारले विभेद गरेको बताए । मुख्यमन्त्री कार्यालयले निजामती कर्मचारी युनियनमा आबद्ध भएका कर्मचारीसंग भेदभाव गरेकोले काग्रेस सरकामा आएपछि विभेदमा परेका कर्मचारीलाई सरकारको तर्फबाट सहयोग हुनु पर्ने बताए । कार्यक्रममा निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेल, केन्द्रिय सदस्य विद्या चौधरी, रन्जु चौधरी लगायतका वक्ताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।

Comment


Related News