२०७८ श्रावण ३१, आईतवार ०७:१५

जनकपुरधाम । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाको अगुवाई तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्था समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।

तीन दिवसिय अन्तरष्ट्रिय युवा दिवसको कार्यक्रमको आयोजना गरेको संजालले शनिवार जनकपुरधामउपमहनगरपालिका –४ स्थित राधाकृष्ण मन्दिरमा रक्तदान कार्याक्रमको आयोजना गरिएको छ । कोरोना कालमा बल्ड बैंकमा रगतको अभाव रहेको वेला संचालनले आयोजना गरेको रक्तदान कार्यक्रममा करिव दुई दर्जन युवाहरुले रक्तदान गरेको सजालनका महासचिव कुलदिप साहले बताए । जिल्लाट्राफिक कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका, नेपाल प्रहरी, वेरेक नेपाल, इन्सेक, उन्नत नेपाल, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल परिवार नियोजन संघ, धनुषा, नीलहीरा समाज, माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपालहृदय फाउन्डेसन, रङ्गदर्पण नेपाल, महीला मैत्री समाज र एडभोकेसी फोरम लगायतका संस्थाहरुको सहकार्य र समन्वयमा अन्तराष्ट्रिय युवा दिवस मनाईएको हो । दिवसको पहिलो दिनझाकी सहीत कोभिड सम्बन्धि सचेतना कार्यक्रम गरेर जानकी मन्दिरमा दिप प्रज्वलन तथा दुई महिला उद्यमीलाई आर्थिक सहयोगको घोषणा र दोस्रो दिन स्थानीय जनकचौकमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

Comment


Related News