२०७८ श्रावण ३१, आईतवार ०७:१८

जनकपुरधाम । सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडीआरसी) जनकपुरको साधारणसभा शनिबार सम्पन्न भएको छ ।

रामसिंह यादवको अध्यक्षतामा भएको साधारणसभाले ९ सदस्यीय कार्य समिति गठन गरेको छ । मञ्जु यादवको अध्यक्षतामा गठन गरिएको कार्य समितिको उपाध्यक्षमा चन्द्र प्रसाद शर्मा, सचिवमा सोनफी साह र कोषाध्यक्षमा सरिता झा रहेकी छन् । यस्तै सदस्यहरुमा देवमाया लामा, सुनिता यादव, रामबाबु साह, सुमन विश्वकर्मा र देवेन्द्रवीर श्रेष्ठ रहेका छन् । गैसस महासंघ नेपालका केन्द्रिय सदस्य रामचन्द्र साहको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संस्थाको आगामी कार्ययोजना, वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेका थिए । सो अवसरमा गैसस महासंघ नेपाल प्रदेश २ का अध्यक्ष धिरेन्द्र बहादुर सिंह, श्रीलाल महासेठ, घनश्याम नायक, नन्दकिशोर यादव, सुरेश यादव, शिवकुमार कापर, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News