वीरगञ्ज । वीरगञ्जका अधिवक्ता एवम सविधान विद दिनेश त्रिपाठीले प्रधानन्यायधिसले गैर सम्वैधानि कार्य गरेको आरोप लगाएका छन् ।
संविधानको मर्म बिपरित न्यायधिस न्यक्तिमा आफै उपस्थित भएर ओलीसंग भागबन्डामा बराबरको हिसेदार भएकोले उनी माथी महाअभियोग लगाउनु उच्चित हुने बताए । प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ट अधिवक्ता त्रिपाठीले यस्तो आरोप लगाएका हुन ।ओलीले गरेको गैरसवैधानि कार्यलाई यो सरकारले कुनै पनि हालतमा निरन्तर्ता दिनु हुदैन भन्दै ओली सरकारले गरेको गैरसबैधानि सबै न्यक्ति खारेज गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।पार्टिहरुको खिचातानी तथा ससंदको गणितीय चहलखेलमा शेरबहादुर देउवा सरकार अल्झिए मुलुक भ्यावह अवस्थामा फसने उनले शंका व्यक्त गरे । वीरगञ्जको घण्टाघरबाट उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा पार्किङ स्थल ठेक्का नदिन अदालतले शुक्रबार अन्तरिम आदेश गरेको छ ।उक्त मुदाको बहस गर्न वीरगन्ज आइपुगेका अधिवक्ता त्रिपाठीले संचारकर्मिहरुसंगको कुरामा यस्तो धारणा व्यक्त गरे थिए । उद्यानका लागि छट्याइएको जग्गामा पार्किङ स्थल निर्माणविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले शुक्रबार यस्तो आदेश दिएको हो । अदालतले यो जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिने काम कारवाही नगर्न÷नगराउन अन्तरिम आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शनिबार पत्रकार सम्मेलनमा बताए ।
रिट निवेदककोतर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठी र देवेन्द्रलाल नेपालीले बहस गरेका थिए । घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले अदालतमा रिट दिएका थिए । उनले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाएर असार २८ गते रिट निवेदन दर्ता राएका थिए ।


