२०७८ श्रावण ३१, आईतवार ०७:३०

राजविराज । उपचार अभावमा समस्यामा परेका सवारी दुर्घटनाका एक घाइतेको प्रहरी र अस्पतालले निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

पत्ता नलागेको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराका २६ वर्षिय मिथलेश यादवको प्रहरी र अस्पताल मिलेर निशुल्क उपचार व्यवस्था मिलाइदिएको हो । उनको स्थानिय गजेन्द्र नारायणसिंह अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिई भागे पश्चात् घटनास्थलमै बेहोस भएका उनलाई प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । उनको हात, खुट्टा, अनुहार र टाउकोमा गम्भिर चोट लागेको छ । डा. सन्दिप साहका अनुसार उनको अनुहार र टाउकोमा गरि १५ वटा टाका लगाइएको छ । विपन्न परिवारका उनलाई उपचारमा आर्थिक संकट परेपछि प्रहरी र अस्पतालको सअयोगमा निशुल्क उपचार व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । ठक्कर दिई भागेका मोटरसाइकलको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News