वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले पनि आफ्नो ७५औ स्वतन्त्रादिवस मनाएको छ ।
भारतीय महावाणिज्य दूतावास, परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस, आजादीका अमृत महोत्सव,नाराका साथ मनाइएको हो । स्वतन्त्रता दिवसको अवसरमा भारतका महावाणिज्यदूत नितेश कुमारले भारतको राष्ट्रिय झण्डातोलन गर्नुका साथै शुभकामनाा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्याक्रममा राष्ट्रिय गान पछि भारतका राष्टपति रामनाथ कोविन्दले व्यक्त गर्नुभएको राष्ट्रका नाममा सन्देशलाई महावाणिज्य दुत नितेश कुमारले बढेर सुनाउनु भएको थियो ।कोरानाको कारण सिमित उपस्थितीमा मनाइएको स्वतन्त्रता दिवस कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गड्डी, वीरगन्ज महानगरपालिकाका मेयर, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक र अन्य सहितका प्रतिष्ठित व्यक्तित्वहरुको पूर्व–रेकर्ड गरिएको भिडियो सन्देशहरुको स्क्रीनिंग गरिएको थियो । साथै कार्यक्रममा स्कूलका विद्यार्थीहरु पूर्व–रेकर्ड गरिएको सांस्कृतिक कार्यक्रम पनि स्क्रीनिंग गरिएको थियो।
कार्यक्रममा वाणिज्य दूतावासका अधिकारी एवम कर्मचारीहरु र उनका परिवारका सदस्यहरुको मात्र उपस्थित रहेको थियो । कोभिड –१९ महामारीलाई ध्यानमा राख्दै समुदायका सदस्यहरुलाई दूतावासको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारणमा सामेल हुन आमन्त्रित गरिएको थियो ।


