अपडेट 
२०७८ श्रावण ३२, सोमबार ०७:१६

जनकपुरधाम । कोरोना संक्रमितको संख्या मुलुकमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १ सय ६ परीक्षणमा दुई हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या सात लाख ३२ हजार २ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या छ लाख ८२ हजार ६ सय ८२ जना पुगेको छ । नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५८ आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कूल मृतक संख्यामध्ये पाँच हजार ५ सय २२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् ।

नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४ सय ७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८ सय ५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३ सय १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन् । यता, प्रदेश २ मा भने कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा तीन जना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरीमा एक महिलासहित दुई र पर्सामा एक जना संक्रमित थपिएका हुन् । यसका साथै प्रदेशमा संक्रमितको संख्या ३७ हजार ९ सय ३६ पुगेको छ । यस्तै प्रदेशमा आइतबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिन अनुसार सप्तरीमा आइतबार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुरुंगा नगरपालिका–२ का ५८ वर्षीय पुरुषको होम आइसोलेसन र विशनपुर ६ की ६० वर्षीया महिलाको धरानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News