अपडेट 
२०७८ श्रावण ३२, सोमबार ०७:३१

१५ अगस्तको दिनलाई भारतीयहरुले स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्दछन् तर यो दिन नेपाल र भारत दुवैको निम्ति समान रुपले उल्लास एवं सम्मानको दिन हो ।

भारतको स्वतन्त्रता आन्दोलनको सफलतापश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सदभाव र समर्थन बिर्सी नसक्नु छ । नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाएको छ । यी दुई देशका बहुआयामिक सम्बन्धका केही पक्षहरुलाई विश्लेषण यसरी पनि गर्न सकिन्छ । राजनीतिक( विसं. १९६२ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले माधवराज जोशीका मित्र भारतका पञ्जाबी मास्टर गुरुदयाल बीएलाई भदौ महीनामा काठमाडौंको डा“डा कटाउ“दा नेपालमा प्रजातन्त्र स्थापनार्थ शहीद हुने पहिलो भारतीय थिए । माधवराज जोशी नेपालका पहिलो सहिद शुक्रराज शास्त्रीका वुवा थिए । विसं. १९९० माघ १० गतेका दिन पचली भैरवमा शहीद भएका शुक्रराज शास्त्री पनि महात्मा गा“धी, पण्डित जवाहरलाल नेहरु र नेताजी सुभाषचन्द्र बोसबाट प्रभावित थिए । २६ जनवरी १९४७ मा कोलकाताको खालसा कलेजमा नेपाली काङ्ग्रेस (तत्कालीन अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस)को स्थापना भएको थियो ।

यसको घोषणापत्रमा भारत र नेपालको स्वतन्त्रताको लागि समान रुपमा लड्ने प्रतिबद्धता यस पार्टीका नेताहरुले व्यक्त गरेका थिए । सन् १८५७ को सिपाही विद्रोहलाई कुल्चिन राणा प्रधानमन्त्री जड्डबहादुरले अङ्ग्रेज शासकलाई गोर्खाली फौज पठाएर वृटिस शासकलाई सहयोग गरेका थिए जबकि नेपालका जनता भने भारतका जनता र विद्रोही आन्दोलनकारीहरुको पक्षमा थिए । भारतको स्वाधिनता आन्दोलनमा शान्तिप्रिय नेपाली जनता महात्मा गा“धीको अपीलमा अहिंसक आन्दोलनमा सहयोग गरिरहेका थिए भने नेपालका कतिपय युवाहरु नेताजी सुभाषचन्द्र बोसको नेतृत्वमा आन्दोलनमा सामेल थिए । नेताजी सुभाषचन्द्र बोसका सहायक पञ्जाब भाक्सुमा जन्मेका मेजर पूर्ण सिंहले नै २००७ सालमा नेपालको जनमुक्ति सेनाको कमान सम्हालेका थिए । विपी कोइराला स्वयंले आप् mनो पहिलो कविता इ.सं. १९३० मा हिन्दी भाषामा मुम्बईमा लेखेका थिए, जसको शीर्षक थियो( ‘स्वतन्त्र भारतकी जय’ । नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि भारतमै भएको थियो । बनारसमा जन्मेका विपी कोइराला, रामनगरमा जन्मेका कृष्णप्रसाद भट्टराई र सहरसामा जन्मेका गिरिजाप्रसाद कोइराला नेपालमा प्रधानमन्त्री भए । नेपालमा राणा विरोधी आन्दोलनमा सप्तरीको कुशहाघाटमा शहादत दिने डा कुलदीप पनि भारतीय नै थिए । जनआन्दोलन(२ मा बिहार सीतामढीका मोहम्मद जहागिरले बानेश्वर काठमाडौंमा शहादत दिएका थिए । भारतको स्वाधिनता आन्दोलनताका भारतका आन्दोलनकारीहरु अङ्ग्रेजहरुको व्यापक दमन, अत्याचार एवं गिरप्mतारीबाट बच्न सीमावर्ती नेपालको तराई क्षेत्रमा लुकेर बस्दथे । सप्तरीको हनुमानगर जेलमा वरिष्ठ भारतीय नेताहरुलाई पनि पक्राउ गरेर राखिएको थियो ।

स्थानीय जनताले जेल फुटाई तिनलाई मुक्त गराएका थिए । पश्चिमी तराईमा अवध नवाबका महारानी बेगम हजरत महल पनि अङ् ग्रेजको आतड्ढबाट बच्न महीनौं कपिलवस्तुमा समय बिताएकी थिइन् । स्व. विपी कोइराला र मनमोहन अधिकारी त भारतको स्वाधिनता आन्दोलनमा पक्राउ पनि परेका थिए । बिहारको राजधानी पटनामा स्व. विपी कोइरालाको स्मारक हुनु यसैको सड्ढेत हो । नेपाली काङ्ग्रेसले राणा शासनको विरोधमा सशस्त्र सङ्घर्षको उद्घोष पनि रौतहटको सीमावर्ती भारतीय बजार बैरगनिया सम्मेलनबाट गरेका थिए । जहानिया“ राणा शासनको अन्त्यको निम्ति तत्कालीन राजा त्रिभुवनले काठमाडौंस्थित भारतीय राजदूतावासमा शरण लिएका थिए र विशेष वायुयानमार्पmत् नया“ दिल्ली पुगेका थिए । भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको पहलमा राणा, नेपाली काङ्गेस र राजा त्रिभुवनबीच सम्झौता भई नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । भारत स्वतन्त्र भएपछि मात्रै नेपाल र भारतबीच स्वतन्त्र र सार्वभौम दौत्य सम्बन्ध स्थापित भयो र प्रथमपटक भारतका महामहिम श्री सुरजित सिंह मजिठिया भारतको राजदूतको रुपमा नेपाल आए जबकि नेपालको तर्पmबाट सम्भवतः श्री सिंह शम्शेर राणा भारतका लागि नेपालका राजदूत नियुक्त हुनुभयो । सन् १९५० को ३१ जुलाईमा नेपाल र भारतबीच भएको शान्ति र मैत्री सन्धिमा सर्वप्रथम दुवै देशलाई समान रुपको स्वतन्त्र, अखण्ड र पूर्ण सार्वभौम सत्ता सम्पन्न देशको दर्जा दिइयो । विसं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसदीय बहुदलीय व्यवस्थालाई अन्त्य गरी देशमा निर्दलीय शासन लागू गर्दा र नेपालको प्रजातन्त्रवादीहरुलाई जेलमा राख्दा सर्वप्रथम भारतले नै त्यसको विरोध गरेको थियो । नेपालका प्रजातन्त्रवादीहरु पुनः भारतमै निर्वासनमा रहन बाध्य भए ।

डेढदेखि दुई दशकसम्म नेपाली नेताहरुले भारतमा निर्वासनमा बस्नु प¥यो । वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनः स्थापनाको आन्दोलनमा पनि भारतका तत्कालीन नेताहरु चन्द्रशेखर, सुब्रमण्यम स्वामी, एमजे अकबर, एम फारुकी र हरकिसन सिंह सुरजितहरु काठमाडौं आएर राजतन्त्रविरोधी सम्बोधनमार्पmत् नेपालका प्रजातन्त्रवादीहरुलाई आन्दोलनको निम्ति उत्प्रेरित मात्रै गरेनन् अपितु आन्दोलनमा भारतको पूर्ण सहयोगको वाचा पनि गरे । आन्दोलन सफल पनि रह्यो । फेरि विसं. २०५९ सालमा राजा ज्ञानेन्द्रले शासनसत्ता आप्mनो हातमा लिंदा भारतले माअ‍ेवादी र संसदवादी सात दललाई एउटै थलोमा ल्याई नया“ दिल्लीमा १२ बु“दे सम्झौता गराई आन्दोलनको निम्ति उत्प्रेरित ग¥यो र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सामाजिक एवं सांस्कृतिक सम्बन्ध( नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बा“ध्न सक्दैनौं किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आपूmस“गै सुन्दै र बुझ्दै आएका छौं । धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित आन्तरिक रुपमा बा“धिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत एउटै सांस्कृतिक चेतनाका संवाहक हुन् । हिमालय हामी दुवैको निम्ति आत्मसाधनको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान शिखरहरुले हामीलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छ । राजनीतिक रुपले नेपाल(भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न एवं अलग(अलग अस्तित्वका देश हुन् तर सामाजिक, सांस्कृतिक एवं धार्मिक रुपले यी दुई राष्ट्र एकअर्काका निम्ति अभिन्न हुन् । नेपाल(भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रुपमा अनन्य भावले जोडिएका छन् ।

चार धाम, पवित्र तीर्थस्थल, देवीदेवता, पूजन पद्धति, कर्मकाण्डीय मान्यता र संस्कार, ऋषिमुनिहरु, चार वेद, अठार पुराण, गीता, महाभारत, रामायण आदि धर्मशास्त्रहरु तथा हाम्रा महान ऋषिमुनि एवं महापुरुषहरुको महान वाणी तथा दिव्य उपदेश हाम्रो निम्ति साझा र एउटै हुन् । नेपाल र भारतका आर्यहरु एउटै ऋषिका वंशज हुन् । तसर्थ हाम्रा गोत्र पनि एउटै छ । किरातरुपी भगवान् शिवलाई मान्ने नेपालको पूर्वी पहाड तथा भारतको सिक्किम लगायतका उत्तरी पूर्वी क्षेत्रका आदिवासी, जनजातिबीच पनि सांस्कृतिक समानता रहेको पाइन्छ । दुवै देशका बुद्धमार्गीहरुले भगवान् गौतम बुद्धको स्मरण गर्ने प्रवृत्ति एउटै किसिमको रहेको छ । देवकर्म होस् अथवा पितृकर्म हामीले त्यसको आरम्भ गरी लिने सड्ढल्प तथा सम्पूर्ण पूजन कार्यको शब्द र भाषाहरु एउटै हुने गर्दछ । नेपाली र हिन्दीको लिपि पनि संस्कृतकै देवनागिरी रहेको छ । तीन देवता ब्रह्मा, विष्णु र महेश, त्यसैगरी तीन शक्तिहरु महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी समानरुपले पूजा गर्दछौं । पशुपक्षी, जड, जड्डम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो साझा मान्यता रहिआएको छ । हिमालय, गड्डा र पवित्र गाईप्रति हाम्रो अटुट मान्यता एवं आस्थाले हाम्रो सम्बन्धलाई झन्(झन् प्रगाढ बनाएको छ । त्रेतायुगमा माता जानकी र मर्यादा पुरुषोत्तम रामको विवाह, मिथिला र अयोध्याको सम्बन्ध, द्वापर युगमा विराट राज्यसित पाण्डवहरुको सम्बन्ध एवं मित्रता तथा भगवान् गौतम बुद्धसमेतको जीवनगाथा नेपाल र भारतको साझा चर्चा नगरी पूर्ण हुन सक्दैन । सामाजिक रीतिरिवाज, खानपान, रहनसहन भेषभुषा र बोलचालको भाषा पनि एकैजस्तै रहेको छ । नेपालको उच्च शिक्ष्ाँ अध्ययन गर्न अभाव रहेको बखत भारतका पटनाबाट नेपाली विद्यार्थीहरु विश्वविद्यालयको शिक्ष्ाँ ग्रहण गर्दथे । भारतका योग्य गुरुवर्ग, प्रशिक्षक, डाक्टर विज्ञहरुले समय(समयमा आएर नेपालीहरुलाई दीक्षित गरेका छन् । भारतको संविधानमा नेपाली भाषालाई मान्यता दिइएको छ ।

नेपाली, मैथिली, हिन्दी र भोजपुरीका लेखक, विद्वान एवं साहित्यकारहरु दुवै देशमा छन् । नेपालको कला, सड्डित, साहित्य र विज्ञानको क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । भारतीय सिनेमा जगतमा नेपालका अनगिनत कलाकारहरुले मान र सम्मान पाएका छन् । एउटा नेपाली भारतमा पुग्दा अथवा कुनै भारतीय नेपाल भ्रमणमा आउ“दा आप्mनै देशमा रहेको जस्तो अनुभूति हुने गर्दछ । नेपाली भाषा(साहित्य र सड्डितको उन्नयनमा भारतीय विद्वान र कलाकार हरुको पनि महŒवपूर्ण योगदान रहिआएको छ । आर्थिक( नेपाल र भारतबीच द्विपक्षीय आर्थिक सम्बन्धको थालनी सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धदेखि भएको हो । खासगरी त्रिभुवन राजमार्ग, केन्द्रीय टेलिग्राम सेवा, वीर अस्पताल आदि पूर्वाधारहरु आज पनि दुई पक्षीय सम्बन्धका प्रतीकका रुपमा रहेका छन् । केही वर्ष अघि मात्रै उद्घाटन गरिएको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको निर्माण पनि भारतकै आर्थिक सहयोगबाट भएको हो । भारतले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोगमा सडकतर्पm पूर्व(पश्चिम महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, सुनौली(पोखरा राजमार्ग तथा काठमाडौं(दक्षिणकाली, काठमाडौं(बालाजु, काठमाडौं(त्रिशूली, काठमाडौं(गोदावरी मार्ग हुन् । भारत सरकारको आर्थिक सहयोगमा डेढ हजार किलोमिटर लामो हुलाकी सडकको निर्माण कार्य जारी छ भने तराईका अधिकांश जिल्ला सदरमुकामहरुलाई पूर्व(पश्चिम राजमार्गसित जोड्ने सडकको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ अथवा भइरहेको छ । जलविद्युत्तर्पm देवीघाट, गण्डक, त्रिशूली, टनकपुरलाई लिन सकिन्छ भने माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य पनि भारत सरकारकै सहयोगमा हुने भएको छ ।

दुवै परियोजना ९/९ सय मेगावाटका हुन् । भारतबाट बिजुलीको आयात भइरहेका कारण विगत केही वर्षदेखि लोडसेडिङ बन्द छ । निकट भविष्यमै नेपालले भारतलाई बिजुली निर्यात गर्न अपेक्षा गर्न सकिन्छ । भारतसित भएको विद्युत् विकास तथा विद्युत् व्यापार सम्झौताले नेपालको अर्थतन्त्रलाई मदत पु¥याउने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, जनकपुर, सिमरा र भैरहवा विमानस्थलको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ । त्यसैगरी सञ्चार क्षेत्रमा पूर्व(पश्चिम अप्टिकल फाइबर नेटवर्क, गोश्वारा हुलाक काठमाडौं, वैदेशिक हुलाक कार्यालय भवन, झापा, वीरगंज, विराटनगर तथा जनकपुरधाममा टेलिफोन एक्सचेन्ज भवनको निर्माणमा पनि भारतले सहयोग गरेको हो । पूर्व(पश्चिम महेन्द्र राजमार्गको कोहलपुर र महेन्द्रनगर सडक अन्तर्गत २२ वटा पुललगायत अन्य क्षेत्रमा दर्जनौं पुलको निर्माण र नदी नियन्त्रणमा समेत सहयोग गरेको छ । बागमती, बकैया र कमला नदीमा तटबन्धको निर्माणमा पनि भारतले सहयोग गरेको छ । स्वास्थ्य विज्ञान क्षेत्रमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रसुति गृह थापाथली, शिक्षण अस्पतालका लागि उपकरण तथा अनेकौं जिल्ला वा अस्पताल भवनको निर्माण, शैक्षिक पूर्वाधार निर्माण क्षेत्रमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विज्ञान भवन पुस्तकालय, छात्रावास, कर्मचारी भवन, त्रिचन्द्र कलेजको विज्ञान भवन, विराटनगरलगायत देशका विभिन्न भागमा सयकडौं विद्यालय भवनको निर्माणमा सहयोग गरेको छ । यसका अतिरिक्त ग्रामीण विद्युतीयकरण, वीरगंज सुक्खा बन्दरगाहलाई रेलस“ग जोड्ने काम, पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि अमलेखगंजसम्म पाइपलाइनको निर्माण, सूचना प्रविधिको विकासमा सहयोग, गोरखा रेजिमेन्टमार्पmत हजारौं युवालाई जागीर, भारत सरकारले नेपालका करीब सबै जिल्लाहरुमा विकास निर्माणको कार्यक्रममा सहयोग गरेको छ । भारत सरकारले अहिले ८ हजार करोडभन्दा बढी रुपैया“ लगानी नेपालको विकास निर्माणमा गरेको छ । परियोजनाहरु सञ्चालन पूरा हुने अथवा भइरहेका छन् ।

हालका दिनमा पनि विभिन्न जिल्लामा अस्पताल भवनको निर्माण, सडक तथा पुलको निर्माण, एम्बुलेन्स तथा स्कूल बस उपहार स्वरुप प्रदान, विभिन्न तहका छात्रहरुलाई निश्शुल्क छात्रवृत्तिमा भारतका स्तरीय क्याम्पस र विश्वविद्यालय अध्ययनको अवसर प्रदान, सीमा चौकीहरुको निर्माण, रेलमार्ग, पूर्वाधारको निर्माण, तराईका १५ वटा जिल्लामा २० भन्दा बढी सडकहरुको निर्माण कार्य सबै तराई क्षेत्र र राजधानीलाई जोड्ने २६ किलोमिटर दूरीको काठमाडौं, हेटौंडा सडकको निर्माणमा पनि भारतले सहयोग गरेको छ । भारतले गरेको सबै सहयोगको उल्लेख गर्नु सम्भव पनि छैन । मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन तथापि दक्षिणी छिमेकी भारतले नेपाललाई गरेको सहयोग मित्रता स्वरुपको उपहार हो । कोभिड १९ को सड्ढटमा पनि भारतले गरेको सहयोग बिर्सिन नसक्नु छ ।

Comment


Related News

Latest News

Trending News