२०७८ श्रावण ३२, सोमबार ०७:३४

प्रदेश खेलकुद ऐन ल्याउनु पर्ने माग गर्दै फुलकन्टेक्ट कराते संघ प्रदेश २ समितिले महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश खेलकुद ऐन नियमको अभावमा प्रदेशका खेलकुदको गतिविधि सुस्त भएको तथा प्रतिभाशाली खेलाडीहरुले कौशल प्रदर्शन गर्न नसकिरहेको भन्दै संघले आईतवार मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । फुलकन्टेक्ट कराते संघ प्रदेश २ समितिका अध्यक्ष मोहम्मद असगर खाँको अगुवाईमा बुझाईएको ज्ञापन पत्रमा खेलकुदको लागि प्रदेश २ को भुमि सदैव अग्रपंति रहेको भएपनि प्रदेश सरकारको खेल र खेलाडी प्रतिको उदासिनताले समय सापेक्ष प्रदेशमा खेलकुदको विकास हुन नसकेको उल्लेख छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नाराले मात्रै खेल र खेलाडीको विकास नहुने भन्दै विभिन्न खेलकुदका लागि वार्षिक रुपमा बजेट छुट् याउन संघले प्रदेश सरकारसँग माग समेत गरेको छ । ज्ञापनपत्र बुझदै मन्त्री सिंहले आफु खेलकुदको विकासको विषयमा गम्भिर रहेको बताए । ऐन कानुनको अभावमा विगतमा प्रदेश सरकारले चाहेर पनि खेलकुदमा काम गर्न नसकेको बताउदै मन्त्री सिंहले भने, प्रदेश खेलकुदको ऐनको मस्यौदा खेलकुदका विज्ञहरुद्वारा निर्माण भईरहेको छ, चाडै मस्यौदा विभिन्न खेलका प्रशिक्षकहरुको भेला गरेर उहाँहरुको विचारलाई समेत राखेर मस्यौदालाई मुर्त रुप दिन्छौ । र अवको दुई तीन महिना भित्रमा प्रदेश खेलकुद ऐन ल्याउछौ ।’ मन्त्री सिंहले चालु आर्थिक वर्षमा प्रदेश भरिका विभिन्न २० वटा विद्यालयमा खेलकुद मैदान, आठ वटै जिल्लामा एक एक जिम सेन्टर र योगा सेन्टर संचालनमा ल्याउने तयारी भईरहेको बताए ।

Comment


Related News