२०७८ श्रावण ३२, सोमबार ०७:३६

जनकपुरधाम । धनुषा प्रहरीले बलात्कार मुद्दामा विगत एक वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

२०७७ साल असोज २६ गते राति घरबाट पानी लिन बाहिर निस्केकी स्थानीय एक युवतीलाई तीन जना युवाहरुले मुख छोपेर आँपको बगैचामा लगेर पालैपालो जर्वजस्तीकरणी गरेको घटनामा अभियुक्त रहेका शम्भु रविदासलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा शनिबार जनकपुरधाम उपमहनगरपालिका १६ कपिलेश्वरबाट पक्राउ गरेको छ । कपिलेश्वर प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले रविदासलाई स्थानीय रेल्वे लिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अभियुक्त रविदासलाई आईतवार नै जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

Comment


Related News