२०७८ श्रावण ३२, सोमबार ०७:४३

मलगंवा । प्रदेश २ का प्रदेश मामिला समितिका सभापति तथा सांसद अशोक कुमार यादवले सर्लाहीको मलंगवा नगरपालिका वडा न–७ मुसैलीस्थित बडकी पोखरीको सौन्दर्यीकरण सम्बन्धि कार्यको स्थलगत अनुगमन गरेका छन् ।

उनले स्थानीय जनप्रतिनिधि ,स्थानीयबासी तथा स्थानीय युवासहितको टोलीलाई लिएर मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकाको सिमानामा पर्ने बडकी पोखरीको अनुगमन गरेका हुन् । आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्न स्थानीय युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत उक्त पोखरीको सौन्दर्यीकरण गरेर पार्कको निर्माण गर्न लागिएको स्थानीय युवा सुजित यादवले बताए । अनुगमनको क्रममा पोखरी सौन्दर्यीकरणको काममा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन सामग्रीको प्रयोग तत्काल बन्द गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई सांसद यादवले निर्देशन दिए । योजना सुरु भएको झण्डै एकवर्ष हुनैलाग्दा २५ प्रतिशत काम मात्र सम्पन्न भएको स्थानीय युवा सुजित यादवले बताए । ठेकेदार कम्पनीले पोखरी सौन्दर्यीकरणसँगै पार्क निर्माण कार्य ६ करोड १२ लाख ९३ हजार ३९९ रुपैयाँमा ठेका कबोल गरेको छ ।

Comment


Related News