अपडेट 
२०७८ श्रावण ३२, सोमबार ०८:००

क्यारेबियन मुलुक हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२ सय नाघेको छ ।

हाइटीको नागरिक प्रतिरक्षा एजेन्सीका अनुसार अहिलेसम्म १२ सय ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ । भग्नावशेषमा अझै थुप्रै पुरिएको आशंका गरिएकोले मृतकको संख्या बढ्नसक्छ । हाइटीको दक्षिणी प्रशाशनिक क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहामात्रै हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् । देशभर आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिइएको छ । हाइटीको राजधानी पोर्ट–अउ–प्रिन्सबाट १ सय २५ किलोमिटर टाढा केन्द्र बनाएर ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प जाँदा व्यापक जनधानको क्षति भएको हो ।

Comment


Related News

Latest News

Trending News