२०७८ भाद्र २, बुधबार ०६:३८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय समिति बैठकमा दुई प्रतिवेदन पेस गरिएको छ ।

नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे र नेता मृगेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । बैठकमा प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले धारणा राख्‍नेछन् । प्रदेश कमिटीका नेताहरूले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणमा धारणा राख्‍ने एक केसले बताए । नेता प्रमोद साहले संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न बैठक बोलाएको जानकारी दिए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । निर्वाचन आयोगबाट आधिकारिकता पाएको जसपाका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । यसअघि ओली सरकारमा सहभागिलाई कारवाही गर्ने प्रस्तावमाथि छलफल भएपनि बैठकमा उक्त प्रस्ताव हटाइएको थियो । राजकिशोर यादवलाई बचाउन उक्त प्रस्ताव हटाइएको जनाइएको छ । यता बैठकमा जसपा अध्यक्ष यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको बिरोध गरेका छन् । ठाकुर पक्षलाई दल विभाजनका लागि बहुमत पुग्ने गरी ल्याइएको अध्यादेशको यादवले बिरोध गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News