२०७८ भाद्र २, बुधबार ०६:४५

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह जनता समाजवादी पार्टीको बैठकमा सहभागि भएका छन् ।

जनता समाजवादी पार्टीले काठमाण्डुमा बोलाएको दुई दिवसीय बैठकमा मेयर साहले सहभागिता जनाएका छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालको एकीकरण पश्चात गठन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा मेयर साहको सहभागिताले तरंगित बनाएको छ । जनता समाजवादी पार्टीका महन्थ पक्षधरहरु तत्कालिन केपी ओली सरकारमा सहभागिता जनाएपछि विवादित बनेका जसपाको बैठकमा उपस्थितिले मधेशनै तरंगित बनेका छन् । आधिकारिकताकालागि उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष देखिएको विवादमा सोमवार सर्वोच्च अदालतले पार्टीको आधिकारीकता यादव पक्षलाई दिएको छ । सो पार्टीले बोलाएको बैठकमा सहभागिता मेयर साहले जनाएका छन् । हुनत मेयर साह तत्कालिन राजपावाट मेयरमा विजयी भएपनि आफु पार्टी संग रहेको भन्दै उनी सहभागी भएका हुन । धेरैले मेयर साहको बारेमा राजेन्द्र महतो संग जाने आकलन लगाएपनि उनले कुनै व्यक्ति विशेषवाट पार्टी नचल्ने र आफु पार्टीकोलाइनमा हिड्ने भएकाले बैठकमा सहभागिता जनाएको बताएका छन् । ठाकुर पक्षका अधिकांश सांसद र नेताहरु उपेन्द्र यादव संग हिडेपछि महतोको टाउको दुखाई शुरु भएको छ । यस भन्दा पहिला महतो पक्षका दर्जनौ नेता कार्यकर्ता व्यक्ति विशेषलाई छाडेर पार्टीको लाईन अनुसार हिडि सकेका छन् । राजेन्द्र महतोमा परिवारवाद र हैकमवादी प्रवृतिकै कारण उनको संग अधिकांश नेता कार्यकर्ता छाडेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।

यता, मेयर साहले उनको साथ छाडेपछि महतोले संसदीय निर्वाचन क्षेत्र पनि फेर्ने विश्लेषकहरुको भनाई छ ।

Comment


Related News

Latest News

Trending News