अपडेट 
२०७८ भाद्र २, बुधबार ०७:०६

जीतपुर । औधोगिक प्रदुषणले जलवायु परिवर्तनमा पार्ने असर र प्रदुषण व्यवस्थापन सम्बन्धि बाराको सिमरामा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ ।

प्रदेश २ अन्तरगत आठवटै जिल्लाको जलवायु परिवर्तनका क्रममा आएको परिवर्तनलाई व्यवस्थापनका लागि रणनीति र कार्ययोजना बनाउन नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले आयोजित स्थानीय सरोकारवालासँगको अन्तरक्रिया आज सम्पन्न भएको हो । वन तथा वातावरण मन्त्रालय अन्तरगतको जलवायु परिवर्तन व्यवस्थापन विभागसँग सम्बन्धित टोलीले सिमरामा रहेका उद्योग कलकारखानाको अवस्था, प्रदुषण, नियन्त्रणका उपाय, औधोगिक ऊर्जास्रोतको विषयमा अन्तरक्रिया गरेको थियो । कार्यक्रममा हरित गृहको विकास, औधोगिक अनुगमन तथा निरीक्षणलाई निरन्तरता, महिला श्रमिकको अवस्था, सामाजिक उत्तरदायित्व, फोहोर व्यवस्थापन, यान्त्रिक उपकरणको उचित प्रयोग, इआइएको सुझाव कार्यान्वयन गर्नुपर्ने जस्ता पक्षमा छलफल भएको थियो । साथै कार्यक्रममा अनुगमनमा एकद्वार पद्धति, विद्युतको समस्या समाधान, कोइला र छाली प्रयोग नगरी विकल्पको खोजी गर्न सुझाइएको थियो । अध्ययन टोलीका संयोजक दीपेन्द्र जोशी नेतृत्वको टोलीले प्रदेशका आठ जिल्लामध्ये बाराको सिमरामा उद्योग सम्बन्धी, बर्दीवासमा वनजंगल सम्बन्धी, सिरहामा फोहोरमैला व्यवस्थापनसम्बन्धी र महोत्तरीमा बाढी, डुवान र यसका असरसम्बन्धी अध्ययन अनुसन्धान गरी अगामी रणनीति र कार्ययोजना बनाइ सम्बन्धित निकायमा पेश गर्नेछ ।

कार्यक्रममा वन तथा वातावरण विज्ञ हरिनारायण मण्डल, जीतपुर सिमरा उपमहानगरपालिका वातावण इञ्जिनियर पुष्पा सिंह, नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी,गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह , युवा नेता राजन पौडेल, मनोज पौडेल , भोला अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News