२०७८ भाद्र २, बुधबार ०७:१४

जनकपुरधाम । प्रदेश २ सरकारको स्वच्छता अभियानमा आर्थिक अनियमितता भएको भन्दै सर्लाहीका जनताले अख्यिार दुरुपयोग अयोगसहित विभिन्न सरोकारवाला निकायमा उजुरी दिएका छन् ।

मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सञ्चालन रहेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सर्लाहीको मंगलवा नगरपालिका–७ मा रहेको मुसैली पुरानो पोखरीको पर्टकीय सौन्र्दीकरणको नाममा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयहरु अख्तियार, सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय सर्लाही, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समितिमा निवेदन दर्ता गराएका छन् । उक्त पोखरीको सौन्दर्यीकरणको नाममा प्रदेश सरकारले ६१ लाख २९ लाख खर्च गरेपनि त्यो अनुसारको काम नभएको तथा भएको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले अख्तियारमा निवेदन दिएका हुन् । निर्माण सम्पन्न भएको महिना नबित्दै पोखरीमा लगाएको वाउण्ड्री वाल नै खसेको तथा निर्माण गरिएका घाटहरुमा कमसल समाग्री प्रयोग गरिएको भन्दै त्यसको छानबिनको गरि दोषिलाई कारवाही गर्न निवेदनमा माग गरिएको छ । प्रदेश सरकारले मी.आर.जे. कमल÷ जी.वि जनकपुरलाई निर्माणको ठेक्का दिएको र त्यसलाई अनुगमन तथा मुल्याकन गर्ने ईन्जिनियर सागर यादव, तत्कालीन डिई भागवान झा तथा निर्माण कम्पनीका सञ्चालकहरुलाइ कानुनी कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । उक्त योजनाको तत्काल छानबिन नभए आफुहरुले कडा आन्दोलन गर्ने चेतनावनी समेत दिएको विज्ञप्तीमा उल्लेख छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद तथा प्रदेश मामिला तथा कानुन संसदीय समितिका सभापति अशोक यादवले पनि उक्त आयोजना छानबिन हुनुपर्ने माग गरेका छन् ।

स्वाच्छता अभियानमा व्यापक भ्रष्टाचार भईरहेको जनगुनासो भईरहेको वेला केहि महिना अघि प्रदेश मामिला तथा कानुन संसदीय समितिले प्रदेश सरकारसँग स्वाच्छता अभियान अन्तर्गत भएका कामहरुको सम्पुर्ण विवरण प्रदेश सरकारसँग समेत माग गरेको थियो । तर मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले अहिले सम्म समितिलाई कुनै विवरण नदिएको सभापति यादवले बताए ।

Comment


Related News

Latest News

Trending News