२०७८ भाद्र २, बुधबार ०७:१७

मलगंवा । प्रदेश सांसद उपेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नवनिर्मित दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

३८÷३८ लाख रुपैयाँमा चन्द्रनगर गाउँपालिका वडा न–४, पोखरिया र वडा न–३ , वरकुर्वा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रदेश सांसद महतोले सोमबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको प्रमुख प्रसासकिय अधिकृत अशोक साहले जनाए । ती दुबै ठाउँमा स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन नहुँदा केन्द्र भाड़ाको घरमा संचालन हुँदै आएका थिए । स्वास्थ्य केन्द्र अब आफ्नै भवनमा आएपछि कामकाज गर्न सजिलो हुने वडा न– ३,पोखरीयाका वडाध्यक्ष सीताराम महतोले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र महतो, वडा न–४ का वडाध्यक्ष जगदिश साह,वडा न–५ का वडाध्यक्ष नन्दलाल राय, नथुनी साह, तपेश्वर महतो, मदन साह, निलाम्बर राउत, शिवचन्द्र राय, मन्सिप महतो, नागेन्द्र साह, खेमराज महतो, हरियाणा महतो, शंकर चौधरी, राजेश यादव, स्वास्थ्यकर्मीहरू, स्वयंसेविकाहरु लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News