२०७८ भाद्र २, बुधबार ०७:२२

जनकपुरधाम । जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडीबाट तीन जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे, वडा नम्बर १० का ५० वर्षीय बिजय साह र वडा नम्बर १ का ३५ वर्षीय बिजय मण्डल रहेका छन् । सोमबार दिउँसो पक्राउ परेका तीनै बिचौलियामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो काम गराई दिने बहानामा रकम माग गरी बिचौलियाको काम गर्दै आएका थिए । गोप्य सूचनाको आधारमा प्रहरी पुगेर कसरी काम छिटो छरितो गराइ दिनुहुन्छ भनेर सोध्दा उनीहरु एक्कासी हातपात र गालीगलौज समेत गरेको बताइएको छ । पक्राउ परेकाहरुमाथि कुन मुद्दा चलाउने विषयमा प्रहरीले केहि उल्लेख गरेका छ्रैन ।

जिल्ला प्रहरी कार्यालय, मालपोत, जिल्ला प्रशासन, यातायात र नापी जस्ता कार्यालयमा बिचौलियाको बिगबिगि हुन्छ । यसअघि पनि पटक पटक बिचौलिया पक्राउ परेपनि धेरौटी बुझाएर केहि दिनमै छुट्छन् ।

Comment


Related News

Latest News

Trending News