अपडेट 
२०७८ भाद्र २, बुधबार ०७:२७

मलगंवा । सर्लाहीको मलंगवा नगरपालिका –२ स्थित झण्डा बजारमा मंगलबार नेकपा (माओवादी केन्द्र)को भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मलंगवा न.पा वडा न–२ का नेता ,कार्यकर्ता तथा स्थानीयबासीहरु माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीका नेता राम विश्वास ठाकुरले जानकारी दिए । नवराज खानको अध्यक्षता तथा माओवादी केन्द्रका नेता एवं संघीय सांसद प्रत्यासी दिनेश रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नवप्रवेशीहरुलाई माओवादी केन्द्र वडा न–२ वडा कमिटीका नवनियुक्त अध्यक्ष सुरेश रायले फुलको माला र अविर लगाएर पार्टीमा स्वागत गरे । क ा र्य त्र m म म ा जितेन्द्र कुशवाहा,शिवधारी राय,हसन मिकरानी, आलोक कर्ण,अनिता देवी,नवल साह लगायतका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News