जीतपुर । बाराको जितपुर बजार क्षेत्रमा निर्माण हुन लागेको ६ लेन सडक खण्डमा डिभाईडर नराख्न अनुरोध गर्दै युवाहरुले ज्ञापत्र बुझाएका छन् ।
मनोज कुमार साहको नेतृत्वमा गएको युवाहरुको टोलीले व्यपारीक मार्ग विस्तार योजना (बिरगंज– पथलैया सडक) कार्यालयका ईन्जिनियर विवेक झालाई ज्ञापनपत्र बुझाएका हुन् । जीतपुर बजारको मुख्य सडक खण्डमा करिब २० फिट डिभाइडर प्रयोग नगरियोस भन्दै युवाहरुले माग गरेका छन् । जितपुर बजार क्षेत्रभित्र डिभाईडरको प्रयोगले जीतपुरको तरकारी तथा गुदरी बजारको अस्तित्व समाप्त हुने भएकाले यसतर्फ ध्यान दिन युवा अगुवा मनोज साहले सडक कार्यालयसँग अनुरोध गरे । बजारको मुख्य चौकमा नै सडक विभागले डिभाइडर हाल्ने निर्णय लिएकोप्रति युवाहरुले आपत्ती जनाएका छन् । सडक कार्यालयका ईन्जिनियर झाले आफुहरु सडक बिभागले निर्माण गरेको मापदण्ड अनुसार नै सडक निर्माण गर्ने योजनामा रहेको सुनाए । माथिल्लो निकायबाट अर्को आदेश नआउँदा सम्म साबिक नक्सा अनुसार नै काम गर्ने जानकारी दिए ।


