२०७८ भाद्र २, बुधबार ०७:३८

लालबन्दी । सर्लाहीको एक सहकारी प्रदेश २ कै उत्कृष्ट सहकारी बनेको छ ।

जिल्लाको ईश्वपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट सहकारी घोषित भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) को सोमबार ३४ औँ स्थापना दिवसको अवसरमा यो वर्ष स्वस्तिक सहकारीलाई प्रदेश २ को उत्कृष्ट सहकारी संस्था घोषणा गरिएको हो । संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले मंगलबार प्रेस विज्ञप्ती निकालेर संस्था प्रदेशभरीकै उत्कृष्ट भएकोमा खुसी व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा संस्थालाई उत्कृष्ट बनाउन सहयोग पु¥याउने शेयर सदस्यदेखि सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले सहकारीको आदर्श र सिद्धान्त अनुसार संचालन भइरहेको संस्था आगामी असोजमा २१ औँ वार्षिक साधारण सभा गर्ने तयारीमा रहेको उल्लेख गरेका छन् । स्वस्तिकले गत वर्ष कोरोना संक्रमणकै बीचमा पनि मुनाफा आर्जन गरेर शेयर सदस्यहरुलाई १८ प्रतिसत लाभांश वितरण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News