२०७८ भाद्र ३, बिहीबार ०७:३७

गरुडा । केही वर्षदेखि देशभरीका पाँच वर्ष मुनीका बालबालिकालाई सरकारले बालपोषण भत्ता दिदै आएको छ ।

सरकारले स–साना बालबालिकालाई हुर्काउन सहज होस् भन्ने उद्देश्यले पाँच वर्षभन्दा भित्रका बालबालिकालाई बालपोषण भत्ता दिने गरेको छ । स्थानीय तहमार्फत सरकारले जन्मदेखि ५ वर्षभन्दा मुनीका प्रत्येक बालबालिकालाई बालपोषण भत्ता वितरण गर्दै आएको छ । वर्षमा तीन किस्तामा गरी बालपोषण भत्ता वितरण गर्ने गरिन्छ तर रौतहटको एक स्थानीय तहले विगत एक वर्षदेखी बालपोषण भत्ता वितरण गर्न सकेको छैन् । जिल्लाको माधवनारायण नगरपालिकाले गएको एक वर्षदेखि बालबालिकाले पाउने बालपोषण भत्ता वितरण गर्न सकेको छैन् । विभिन्न कारण देखाउँदै नगरपालिकाले बालपोषण भत्ता वितरणमा ढिलाई गर्दा नगरका सबै वडाका हजारौ बालबालिका बालपोषण भत्ता पाउनबाट बञ्चित भएका छन् ।

नगरपालिकाले विभिन्न बहानामा बालपोषण भत्ता वितरणमा ढिलाई गरेको अभिभावकहरुले गुनासो गरेका छन् । विगत एक वर्षदेखि नगरपालिकाले बालपोषण भत्ताको रकम नै निकासा नगरेकोले बालपोषण भत्ता वितरण गर्न नसकेको माधवनारायण नगरपालिका ६ माधोपुरका वडाध्यक्ष राजीव कुमार यादवले बताए । कोरोना महामारीका कारण देश अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको अवस्थामै नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा बालबालिकालाई हुर्काउन तथा लालनपालन गर्न समस्या भइरहेको वडाध्यक्ष यादवले बताए । भ त्त ा पाउनुपर्ने बालबालिकाको नैसर्गीक अधिकारबाट नगरपालिकाले कुण्ठित गर्ने काम गरेको उनको आरोप छ । कोरोना महामारीले देश विश्म परिस्थितीबाट गुज्रिरहेको अवस्थामा तुरुन्त बालबालिकाको बालपोषण भत्ता वितरण गर्न वडाध्यक्ष यादवले नगरपालिकालाई आग्रह गरेका छन् । पहिला बालपोषण भत्ताको रकम नगद नै भुक्तानी हुँदै आएको अवस्थामा अब बैंकद्धारा मात्र भुक्तानी गर्न परिपत्र आएकोले उक्त भत्ता वितरणमा अलि ढिलाइभएको नगरपालिकाका लेखापाल रामबलम यादवले बताए ।

बैंकिंङ काम अलि झन्झटिलो हुने भएकोले भत्ता वितरणका लागि प्रक्रिया पुरयाउन समय लागेको बताउदै लेखापाल यादवले बैंकको काम अब थोरै मात्र बाँकी रहेकोले केही दिन भित्रमै एक वर्षको रकम एकमुष्ठ बालबालिकाले बैंकबाट नै पाउने बताए । यस सम्बन्धमा प्रतिक्रिया लिन नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई फोन गर्दा उनको फोन उठेन् ।

Comment


Related News

Latest News

Trending News