२०७८ भाद्र ३, बिहीबार ०७:४८

लालबन्दी । सर्लाहीको बरहथवा नगरपालिकाका ४ वटा वडामा बुधबार ६ सय १२ परिवारलाई राहत वितरण गरिएको छ ।

चुजी फाउण्डेसन ताइवान र दलित सरोकार मन्च सप्तरीको समन्वयमा प्राप्त राहत सामग्री बरहथवा नगरपालिका वडा नं. ७, १६, १७ र १८ का ६१२ परिवारलाई उपलब्ध गराइएको हो । राहतमा प्रत्येक परिवारलाई २५ किलो चामल, १० किलो पिठो, एक किलो चना, एक किलो दाल, एक किलो ंचिनी, एक लिटर तेल र चार डल्ला साबुन रहेका छन् । बहुजन समाज परिषद् नेपालका केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जन, वरिष्ठ नेता राजाराम पासवान, जिल्ला अध्यक्ष सुवोध पासवान, गोडैता नगर अध्यक्ष सुबलाल राम, दलित अगुवा सोनेलाल पासवान लगायतको उपस्थितिमा राहत बाँडिएको हो ।

कोरोना संक्रमणपछि प्रभावित भएका अतिविपन्न र दलित परिवार छनौट गरी जिल्लाका अन्य केही पालिकामा पनि यस किसिमको राहत वितरण गरिएको छ ।

Comment

Related News

Latest News

Trending News