२०७८ भाद्र ४, शुक्रबार ०७:२६

लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिकामा २८४ परिवारलाई राहत वितरण गरिएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका– ८ का २८४ घरधुरीलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । चुजी फाउण्डेशन ताईवानको सहयोग र दलित सरोकार मञ्च सप्तरीको समन्वयमा प्राप्त राहत सामग्री हरिपुर नगरपालिका–८ का २८४ दलित तथा विपन्न घरधुरीलाई वितरण गरिएको दलित अधिकारकर्मी राजाराम पासवानले जानकारी दिए । प्रत्येक परिवारलाई २५ केजी चामल, १० केजी पिठो, चना, दाल र चिनी १÷१ केजी, १ लिटर तेल र साबुन वितरण गरिएको हो । बहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष राजाराम पासवानको अध्यक्षतामा भएको कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका डाईरेक्टर भोला पासवानको प्रमुख अाितथ्यता रहेको थियो । कार्यक्रममा बहुजन समाज परिषद नेपालका हरिनन्दन कुमार रन्जन, समाजसेवी बिन्दी महरा, रन्जित महरा, सोहन पासवान, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

कोरोनाका कारण रोजगार गुमाएका मजदुरी गर्ने दलित तथा विपन्न परिवारलाई थोरै भएपनि सहज होस् भनेर जिल्लाका विभिन्न स्थानमा यस्तो किसिमको राहत वितरण गरिरहेको दलित अधिकारकर्मी राजाराम पासवानले बताए ।

Comment


Related News

Latest News

Trending News