२०७८ भाद्र ४, शुक्रबार १५:५०

प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका-६ बस्ने २२ वर्षीय जीत बहादुर चौधरी रहेका हुन् । पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगञ्जबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहीबार साँझ ७ बजे वीरगञ्ज–८ पानीटंकीस्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको थियो । चौधरी समेत दुईजना व्यक्तिले मास्टर साँचो बनाएर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी बसपार्कबाट नियमित गस्तीमा खटिएको टोलीको दाबी छ ।

पक्राउ परेका उनीविरुद्ध चोरी सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । चोरी कसूरमा संलग्न अर्को व्यक्ति घट्नास्थलबाटै फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News