अपडेट 
२०७८ भाद्र ५, शनिबार १२:३८

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो समयावधिमा ३७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आइसीएमआरको तथ्याँकअनुसार भारतमा यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन्, जुन १५१ दिन यताकै कम हो । पछिल्लो तथ्याँकअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ लाख ३३ हजार जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

Comment


Related News

Latest News

Trending News