२०७८ भाद्र ५, शनिबार १५:५१

वाग्मती नदीमा आएको बाढीले तीव्र रुपमा खेतीयोग्य जग्गालाई कटान गर्न थालेपछी रोकथामका प्रयास सुरु भएको छ ।

केही दिनको वर्षासँगै रौतहटको गढीमाई नगरपालिका ३ स्थित लक्ष्मीपुर गाउँ नजिकै वाग्मती नदीमा आएको बाढीसँगै तीव्र रुपमा खेतीयोग्य जग्गा कटान गर्न थालेपछी वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराले रोकथाम कार्य सुरु गरेको हो । वाग्मती नदीले स्थानीय किसानहरुको करिब २५ बिगाहा खेतीयोग्य जग्गा कटान गरिसकेको तथा नदीको बहाव तटबन्ध नजिकै पुगेपछी नदी नियन्त्रण आयोजनाले कटान नियन्त्रण गर्न परक्यु पाइन अर्थात बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरेको छ । एक साताको वर्षासँगै वाग्मती नदीमा आएको बाढीले तीव्र रुपमा कटान सुरु गर्दा स्थानीय किसानहरुले लगाएको केरा खेती, धानबाली, लगायतका २५ बिग्हा खेती योग्य जग्गा कटान गरिसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

तीव्र गतिमा कटान भईरहदा समेत बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरिएपनी यस्तो कार्य दिगो नभएको स्थानीयहरुको भनाई छ ।

Comment

Related News

Latest News

Trending News