२०७८ भाद्र ६, आईतवार ०७:०६

जनकपुरधाम । जनकपुरधाममा परोपकारी संस्था लोक कल्याणकारी प्रतिष्ठानको नवनिर्मित भवनको समुद्घाटन भएको छ ।

जनकपुरधाम बेलाकुट्टी छेउमा बनेको नवनिर्मित भवनको शनिवार जनकपुरधाम उपमाहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै नगरप्रमुख साहले जनकपुरधाममा अहिले परोपकारी संस्थाहरुको कमी भइरहेको समयमा यस संस्थाले जनकपुरधामको धार्मिक क्षेत्रलाई अझै उठान गर्ने विश्वास व्यक्त गरे । संस्थामा निमार्ण हुने अतिआधुनिक धर्मशालाले नगरमा दर्शन गर्न आउने दर्शनार्थीलाई आराम प्रदान गर्ने भएकोले यस्ता कार्यको थालिनी गरेका संस्थाका अध्यक्ष मनोज चौधरीको प्रशंसा समेत गरेका थिए । आधुनिक युगमा धर्मप्रति अस्था घटदै गएको बेलामा आफनो धर्म संस्कृतिलाई उजागर गर्नका लागि आ आफना तवरबाट तदारुकताका साथ पहल गर्नुपर्ने आवश्यकता रहेको नगरप्रमुख साहले वताए । सेवा गर्ने उदेश्यले स्थापना गरिएको लोक कल्याणकारी प्रतिष्ठानले यस भन्दा पहिले पनि क्यानसर पिडीतलाई आर्थिक सहयोग गरिसकेका छन । यस संस्थाले समस्यामा परेका व्यक्ति,गरिव विपन्न लगायतलाई सहयोग गर्नुका साथै अत्याधुनिक धर्मशाला निमार्ण गरेर सेवा प्रदान गरिने संस्थाका अध्यक्ष मनोज चौधरीले वताए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News