२०७८ भाद्र ६, आईतवार ०७:१५

जनकपुरधाम । मिथिला नगरपालिका वडा नं.७ ढल्केबरस्थित नेपाल बिधुत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरबाट तामाको तार चोरी गर्ने र किन्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

४०० के.भी. नेपाल–भारत बिधुत व्यापार आयोजनाको स्टोर गरि राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट महोतरीको बर्दिवास न.पा.वडा नं.१२ घर भई हाल मिथिला नगरपालिका वडा नं.७ बस्ने ३७ वर्षीय नथु भन्ने मनिराज परियारलाई पक्राउ गरेको छ । उनले विक्रि गरेको MK METAL STORE ढल्केबरका संचालक मिथिला नगरपालिका–६ बस्ने ६९ वर्षीय नन्दकिशोर ताम्राकारलाई समेत पक्राउ गरेको छ । परियारले शुक्रबार होक्सो व्लेडले तार काटि रहेको अवस्थामा सेक्युरिटी गार्डले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए । तत्कालै ई.प्र.का. ढल्केवरबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटी गई उनलाई होक्सो व्लेड सहित पक्राउ गरेको थियो । सोधपुछ गर्दा उनले यसअघि पनि चोरी गरी ढल्केवर स्थित MK METAL STORE ढल्केबरमा बिक्री गरेको बयान दिएको आधारमा पसल संचालक ताम्राकारलाई पक्राउ गरिएको थियो ।

खानतलासी गर्दा नेपाल बिधुत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर धनुषाबाट चोरी गरेको ३ लाख मुल्य बराबरको अन्दाजी २८६ के.जी. नाङगो तामाको तार फेला परेको छ ।

Comment


Related News

Latest News

Trending News