२०७८ भाद्र ६, आईतवार ०७:१८

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं ९ मा नवनिर्मित वडा कार्यालय भवनको एक कार्यक्रम का बिच मेयर दिपनारायण रौनियारले उद्घाटन गरेका छन् ।

पोखरिया नगरपालिका वडा नं ९ मा वडा कार्यालयको भवन नरहेकोले नगरपालिकाको सहयोगमा निर्माण गरिए छ । नव निर्मित वडा कार्यालय भवनको बिधिवत रुपमा पुजापाठ गरि उदघाटन गरिएको हो । तीन कोठे भवन र हल भएको भवन करिब २५ लाखको लागतमा निर्माण गरिएको हो । उदघाटन कार्यक्रम वडा नं ९ का वडाधयक्ष रामबाबु चौहानको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष सोनालाल साह, सुरेन्द्र यादव,जिल्ला समन्वय समिति सदस्य रिजवान आलम,जसपा नेपाल लोकतान्त्रिक का केन्द्रीय सदस्य निजामुदिन समानी,नगरपालिका को योजना प्रमुख संजय पाण्डे ,नौसाद आलम, रामबचन महतो, सुरेन्द्र सिंह, लगायत स्थानियको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News