२०७८ भाद्र ६, आईतवार ०७:२८

गरुडा । पुर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीले तीनै तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय तहको निर्वाचन अब नजिकिदै गरेको र संघ तथा प्रदेशको समेत निर्वाचन हुने भएकोले अहिलेदेखि नै निर्वाचनको तयारीमा जुटन नेता चौधरीले नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टीले रौतहटको गरुडामा शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता चौधरीले पार्टीलाई अझै मजबुत बनाउन देशव्यापी रुपमा संगठन निर्माण एवं विस्तार कार्यलाई तिव्रताका साथ अगाडि बढाउन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संगठन सुदृढिकरण एवं संगठन निर्माणमा युद्धस्तरमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्यमन्त्री यादवले पार्टीको आगामी नीति तथा कार्यक्रम बारे जानकारी दिँदै सबैलाई एक ढिक्का भएर अहिले देखि नै स्थानीय तह लगायत निर्वाचनको तयारी, संगठन सुदृढिकरण एवं निर्माण गर्ने कार्यमा लाग्न नेता कार्यकर्तामा आग्रह गरे । पार्टीले यहि भदौ ९ गतेदेखि आउँदो मंसिरसम्म चार महिने संगठन सुदृढिकरण एवं जनजागरण सुज अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागेको बताउँदै राज्यमन्त्री यादवले यस अभियानमा सबैलाई सहभागी भइ सफल बनाउनुपर्नेमा जोड दिए । यस अभियान अन्तर्गत पार्टीको वडा कमिटि, नगर कमिटि र जिल्ला कमिटिलाई अझै विस्तार गरी पार्टीलाई थप मजबुत बनाउने कार्यमा जुटन उनले सबैलाई आग्रह गरे । देशभरीमा तिनै तहको वडादेखि केन्द्रसम्मको निर्वाचनका लागि पार्टीबाट ३५ हजार ८ सय ६४ जना उम्मेदवारको आवश्यक्ता पर्ने बताउँदै उनले संगठन सुदृढिकरण एवं जनजागरण सुज अभियान अन्तर्गत चुनाव लडन कसलाई टिकट दिने भन्ने व्यक्तिको छनौट गर्ने काम पनि यसैबीचमा गरिने बताए । नजिकैमा आउन लागेको स्थानीय तहको निर्वाचनको तयारीमा अहिलेदेखि नै लाग्न आग्रह गर्दै राज्यमन्त्री यादवले पार्टीका संगठन निर्माण एवं विस्तारका लागि सबैलाई एक ढिक्का भएर लाग्नुपर्ने धारणा राखे । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल मधेशको सबैभन्दा ठुलो पार्टी रहेको चर्चा गर्दै उनले मधेशको हक अधिकार र विकासका लागि जसपामा आउन सबैलाई आग्रह गरे । पुर्व राजपाका क्षमतावान एवं शक्तिशाली नेता महेन्द्र यादव, गोविन्द चौधरी जस्ता कयौं नेताहरु महन्थ ठाकुरको साथ छाडेर जसपामा आइसकेकोले ठाकुर नेतृत्वको पार्टीको तराई मधेशमा कुनै अस्तित्व नरहेको उनले बताए । मधेशको अधिकार, देशलाई समृद्ध र विकसित बनाउनका लागि एक मात्र पार्टी जसपामा आउन सबैलाई उनले आग्रह गरे ।

जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद किशोरी यादव, केन्द्रिय सदस्यहरु रेवन्त झा, जयनाथ यादव, प्रदेश सदस्य वृज किशोर यादव, युवा नेता राजकुमार दास लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News