अपडेट 
२०७८ भाद्र ६, आईतवार ०७:३२

जीतपुर । बाराको सिमरास्थित सँगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आर्थिक बर्ष २०७७।०७८ मा संस्थाले ३ सय २४ जना शेयर सदस्यहरुबीच १० करोड ६६ लाख ६६ हजार १७ रुपैयाको कारोबार गरेको सहकारीका अध्यक्ष सालिकराम अधिकारीले जानकारी दिए । २६ जना शेयर सदस्यहरुबाट सुरु गरेको आर्थिक कारोबार सँगालो बचत तथा ऋण सहकारी संस्थाले हालका दिनमा ७ करोड ३४ लाख रुपैया निक्षेप सङ्कलन गर्दै ८ करोड ८६ लाख रुपैया शेयर सदस्यहरुबीच लगानी गरेको सहकारीका कोषाध्यक्ष निराजन थापाले जानकारी दिए । आर्थिक बर्ष २०७७।०७८ मा ५८ लाख ४२ हजार २ सय ८२ रुपैया नाफा कमाएको संस्थाले शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभाँस बितरण गर्ने संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए । प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै उत्पादनमुखी लगानीमा जोड दिए । प्रदेश सरकारले प्रदेशकोलागि सहकारी ऐन ,कानुन बनाउँनै क्रममा रहेकाले सहकारीकर्मीहरुलाई आवश्यक सरसल्लाह दिन अनुरोध गरे । उनले सँगालो बचत तथा ऋण सहकारी सँस्थाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबधता समेत जनाए । बारा सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले बैँक भन्दा सहकारीसँग आर्थिक कारोबार गर्नु हरेक दृष्टिकोणले लाभदायी हुने कुरामा जोड दिए । कार्यक्रममा उत्कृष्ट कारोबारीको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बस्ने साबित्री क्षेत्री ,वडा नं.१ बस्ने अरुण चौधरी ,उत्कृष्ट बचतकर्ता तर्फ वडा नं.१ बस्ने राजु कुमार श्रेष्ठ र वडा नं.३ बस्ने सानुमाया श्रेष्ठ र उत्कृष्ट कर्मचारीतर्फ ईन्दिरा थापा सम्मानित भएका छन् ।

कार्याक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राजु अधिकारी , जीतपुर सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साह ,बारा होटल ब्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,लेखापरिक्षक सरोज भट्ट लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News