अपडेट 
२०७८ भाद्र ७, सोमबार ०६:५२

जनकपुरधाम । जनकपुरधाममा राजधानीस्तरिय डिर्पाटमेन्टल स्टोर जनकपुर विग मार्ट संचालनमा आएको छ ।

जनकपुरधामको रामानन्द चौकस्थित वागवानी अगाडी संचालनमा ल्याइएको विग मार्टमा दैनिक उपभोग्य समाग्रीहरु पाउने भएको छ । विग मार्टको उद्घाटन गर्दै प्रदेश २ का पुर्व आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाम राजधानीका लागि प्रस्तावित भइसकेको अवस्थामा उपभोक्तालाई आवश्यकता अनुसार विग मार्टले नगरवासीको सुविधा र सहजतामाथि उत्कृष्ट ठहरिने विश्वास व्यक्त गरे । विग मार्टका संचालक रामबाबु यादवले जनकपुरधाममा पहिलो पल्ट उपभोक्तालाई चाहिने सामग्रीहरु पाउने मार्ट संचालनमा ल्याइएको र यसमा नुन देखि सुन सम्म पाइने भएको वताए । उनले रक्षा वन्धनको उपलक्ष्यमा संचालनमा ल्याइएकोले १५ दिन सम्म उपभोक्तालाई प्रत्येक सामग्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जनकपुरधाम प्रदेश नं २ को राजधानीमा प्रस्ताव भएदेखि नगरमा ठुल ठुला संस्थाहरु संचालनमा आइरहेको देखिएको छ ।

 

Comment


Related News

Latest News

Trending News