गौर । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहको अनुपस्थितिमा जिल्लाको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाको कारण रौतहट प्रहरी आलोचनाका शिकार भएका छन् ।
प्रहरी उपरीक्षक शाहले आप् mनो कार्यकालमा गरेका राम्रा कामको विपरित प्रहरी नायव उपरीक्षक चिमोरियाले केहि दिनकै क्रियाकलापले आलोचनाको शिकार भएका छन् । प्रहरी माथि विश्वास गर्ने आम नागरिकले अहिले प्रहरीलाई नकारात्मक रुपमा हेर्ने गरेको छ । सामाजिक संजालमा रौतहट प्रहरी र प्रहरी संगठनको नै बदनाम गर्ने कार्य भैरहेको देखिन्छ । साउन ३२ गतेको घटना लिएर प्रहरी प्रतिको आम जनताको विश्वास गुम्ने अवस्था सृजना भएको छ । संचार क्षेत्रमा रहेका एक निर्दोष व्यक्तिलाई नेपाल प्रहरीका घुमुवा प्रहरीले कानुनले प्रतिवन्ध गरेको औषधि मोटर साइकलमा हालेर समातेको घटनाको सिसि टिभी फुटेज सार्वजनिक भएपछी नेपाल प्रहरीको तिव्र रुपमा चारै तिर आलोचना हुनुको साथै यस्तो कार्य गराउने निमित कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चिमोरियालाई कारवाही गर्न माग उठ्न थालेको छ । गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको होटेल ग्रीन सिग्नलमा खाजा खानको लागि बुलाएका पत्रकार मोहमद मोजिबुल्लाहको बीआर ३० १८८७ नम्बरको मोटर साइकलमा नेपाल प्रहरीका अपराध अनुसन्धानमा खटिएका घुमुवा प्रहरीको टोलीले लागूऔषध नाईट्रोभेट १०५ ट् याब्लेट राखेर समातेको घटनाले प्रहरी संगठनलाई नै कलंकित बनाएको छ । नेपाली जनताको ज्युधनको सुरक्षा गर्ने जिम्मा भएका प्रहरीको घृणित कार्यले गर्दा सर्व साधारण व्यक्ति डराउन थालेका हुन् । बजारमा मोटर साइकल चोरिको घटनाले आक्रान्त भएका स्थानीयहरू घुमुवा प्रहरीको रवैया देखेर झन् बढी चिन्तित बनेका छन । होटेलमा जडान गरिएको सिसि कैमराको कारण निर्दोष देखिएका संचारकर्मीलाई फसाउने षड्यन्त्र प्रहरी द्वारा हुन् सक्छ भने अन्य व्यक्ति सुरक्षित हुन् सक्ने अवस्था कसरि रहने भनि चिन्ताको विषय बनेको छ ।
प्रहरी नायव उपरीक्षक चिमोरियाको अवधिमा पल्सर मोटर साइकल बढी चोरि भएपनि घटनामा संलग्न भएकालाइ नियन्त्रणमा लिन नसक्दा घुमुवा प्रहरीको इशारामा नै मोटर साइकलको चोरि हुन् थालेको आशंका हुन् थालेको हो । ४ दिन पहिला आफ्नो घर अगाडी राखेको २२० सिसि भएको पल्सर मोटर साइकल दिउसो ३ बजेर १५ मिनेटमा नै चोरि गरिएको भएपनि रौतहट प्रहरीले अहिले सम्म केहि पता लगाउन नसकेको आरोप पिडित सोहन यादवको रहेको छ । आइतवार जिल्ला प्रहरी कार्यालयको १०० मिटरको दुरीमा रहेको घरमा दिउसो चोरि भएको घटनाले नै प्रहरीको कार्य शैली माथि प्रश्न खडा गरेको छ । अपराध न्यूनीकरण गर्नको लागि परिचालन गरिएको घुमुवा प्रहरीहरु नेपाल भारत सिमामा बसेर चोरि ,तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । घुमुवा प्रहरीको प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव, प्रहरी जवान मनोज यादवले पत्रकार मोजिबुल्लाह लाइ लागु औषधमा फसेको पुस्टि सिसि टिभी फुटेजबाट प्रस्ट रुपमा देखिएपनि प्रहरी नायव उपरीक्षक चिमोरियाले अहिले सम्म पक्राउ गरि कार्यवाहीको प्रक्रिया बढाउन सकेको छैन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय , जिल्ला शाखा , मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट लगायतका विभिन्न संघ सस्थाले प्रेस विज्ञप्ति जारी गरि निर्दोष २ जनालाई रिहा गरि घटना मा संलग्न भएका प्रहरीलाइ कारवाही गर्न माग गरेपनि प्रहरीले चासो लिएको छैन् । मासिक रुपमा रकम असुल गर्ने गरेको घुमुवा प्रहरीले महिनवारी तोकिएको रकम समयमा दिन नसक्दा समान पक्राउ गरि भन्सार चलान गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
सदरमुकाम गौरमा विगत केहि दिन देखि बढेको चोरीको घटनाको नियन्त्रण गर्न असफल भएका प्रहरी नायव उपरीक्षक चिमोरियालाई रौतहट जिल्लाबाट अन्यत्र सरुवा गर्न र लागु औषध ओसार पोसार गर्ने कार्यमा संलग्न भएका प्रहरी कर्मचारी माथि विभागीय कार्यवाही गर्न सम्वन्धित निकाय प्रदेश प्रहरी कार्यालय सित स्थानियहरुले माग समेत गरेका छन् ।


