जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा २६औं लवकुश पुजनोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कुशवाहा कल्याण समाज र लवकुश विकास प्रतिष्ठानका अध्यक्ष कर्मबिर महतोको अध्यक्षता र मणिपाल कोभिड अस्पताल प्रदेश २ का प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुन प्रसाद सिंहको प्रमुख आतिथ्यमा लवकुश पुजनोत्सव तथा सम्मान कार्यक्रम मनाइएको हो । लवकुश कुशवाहाको वंश भएको स्मरण गर्दै चित्रपुरमा विगत २५ वर्षदेखि लवकुश भगवानको मंदिरमा प्रतिमा स्थापना गरि पुजापाठ गर्दै आएको छ । पुज्नोत्सवको अवसरमा प्रत्येक वर्ष फरक फरक विद्यामा कुशवाहा समुदायका व्यक्तिहरुलाई सम्मान तथा विविध कार्यक्रमको आयोजना गरिदै आएको समाजका अगुवा डा. जगदेव महतोले जानकारी दिए । कार्यक्रममा डा. जामुन सिंहले बटेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्ने आवश्यकता औंल्याए । उनले कृषि पेशामा लागेका कृषकलाई अधिक लाभको लागि सरकारले कृषि उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नुपर्ने तर्क गरे । कामलाई ठुलो र सानो नठानी जे काम गर्छौ त्यही काम इमान्दारिताका लागि गर्न सकेको खण्डमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे । हामीले डाक्टर र इन्जिनियर मात्रै बन्ने सपना नहेरी जे काम गर्न सक्षम छौ, त्यही काममा अब्बल र सक्षम भई गर्न सके जीवन नै आनन्दमयी हुने विश्वास व्यक्त गरे । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले यहाँको विकासका लागि भरपुर प्रयास गरिरहेको बताए । भुगोलको विकासका लागि हुने हरेक प्रकारको साथ र सहयोग रहनेमा जोड उनले जोड दिए । नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय उपाध्यक्ष जयप्रकाश महतोले हामीले गर्भका साथ कुशवाहा भन्छौं, किनकी हामी कुशवाहा समुदायका व्यक्ति स्वभामानी र मेहनती छौं । हामीले गर्ने कामले अरुले जीवन पाउने काम गर्ने गरेको बताए ।
अहिले हरेक क्षेत्रमा कुशवाहा समुदायका व्यक्तिहरुको पहुँच हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देवी सिंह, अधिवक्ता श्यामिका कुमारी महतोलगायत कुशवाहा समुदायका व्यक्तिहरुले आ आफनो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मणिपाल कोभिड विशेष अस्पतालका प्रमुख डा. सिंह, लवकुश विकास प्रतिष्ठानका अध्यक्ष कर्मविर महतो, नेपाल कुशवाहा कल्याण समाजका उपाध्यक्ष जयप्रकाश महतो, मिथिला नगरपालिका प्रमुख महतो, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देबि सिंह, तत्कालिन लक्ष्मीनिवास गाविसका अध्यक्षहरु वौएलाल महतो, रामचन्द्र महतो (भगवान), वासुलाल महतो, कपिलेश्वर महतो, तत्कालीन भुचक्रपुर गाविस अध्यक्ष रामाअशिष महतो, नक्टाझिज गाविस अध्यक्ष रामप्रसाद महतो, विजलपुरा गाविस अध्यक्ष धनिराम महतो, बनौटा गाविस अध्यक्ष सिंहेश्वर महतो, तत्कालिन गाविस उपाध्यक्षहरु बटेश्वरका रामचन्द्र महतो, लक्ष्मीनिवासका अशोक कुमार महतो, बेगाडावरका जागेश्वर महतो, बर्दिवासका रामपरिक्षण महतो, किसाननगरका जगरनाथ महतो, प्रेमनगरका रामअवतार महतो, बटेश्वर गाउँपालिका वडा नं. १ का हालका वडाध्यक्ष शैलेन्द्र महतो, कुशवाहा बुद्धिजीवि समाज धनुषा अध्यक्ष विश्वलाल सिंह, प्रोफेसर सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र सिंह, मगही भाषाका अभियानी तथा गोरखापत्रका मगही भाषा सम्पादक विरबहादुर महतो, युवा नेता राजकिशोर महतो, पंचलाल महतो साहेव, लवकुश मंदिरका जग्गा दाता रामबहादुर महतोलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


