अपडेट 
२०७८ भाद्र ९, बुधबार ०७:२८

गौर । लागूऔषध प्रकरणमा रौतहटका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहको जिम्मेवारी खोसिएको छ ।

गएको साउन ३२ गते घुमुवा प्रहरीको प्रत्यक्ष रोहवरमा पत्रकारको मोटर साइकलमा लागूऔषध नाइँट्रो भेट १०५ ट्याब्लेट अन्य व्यक्ति सित राख्न लगाई समातेको घटना प्रहरी उपरीक्षक शाहको संग्लनतामा भएको अडि़यो रेकर्ड सार्वजनिक भएपछि प्रहरी उपरीक्षक शाहलाई जिम्मेवारी मुक्त गरिएको हो । घटनामा संलग्नता देखिएकाले शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने गरी उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकोछ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहेको छ । निर्दोष साबित भएर रिहामुक्त भएका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । यस्तै, मोजिबुल्लाहलाई लागूऔषध मुद्दामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि हाल अनुसन्धान भइरहेको छ । सो प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

प्रहरी उपरीक्षक शाह विदामा घर गएको बेला निमित प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाको उपस्थितिमा योजनाबद्ध रुपमा निर्दोष पत्रकारलाई फसाईएकोले घटनाको जिम्मेवार चिमोरिया समेत रहेकोले उनलाई पनि छानविनको दायरामा ल्याउनु पर्ने रौतहटका पत्रकारहरुले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News