अपडेट 
२०७८ भाद्र १०, बिहीबार १७:२२

नेपालमा बिहीबार थप दुई हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय २ पिसिआर परिक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ६ सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७ सय १७ पिसिआर र ४ लाख ५० हजार ३२९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News