अपडेट 
२०७८ भाद्र ११, शुक्रबार ०७:४५

लालबन्दी । यो वर्ष निरन्तर सर्लाहीको चुरे भेगमा चल्ने सवारी साधन अवरुद्ध भएका छन् ।

वर्षा नरोकिँदा खोलाको बगर भएर चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन चल्न सकिरहेका छैनन् । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि ठप्प भएका हुन् । गएको असारदेखि नै जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोला, पिपल दमार, शीर कालिन्जोर लगायतका क्षेत्रमा गाडी चल्न नसकेको स्थानीयवासीले जनाएका छन् । त्यहाँ कहिलेकाँही खाद्यान्न बोकेका ट्याक्टर भने जाने गरेका छन् । तर खाद्यान्न बोकेर जाने ट् याक्टर पनि बारम्बार बाढी आइरहदा फस्ने गरेको स्थानीयहरुको भनाई छ । यो वर्ष अत्यधिक वर्षा हुँदा चुरेका वासिन्दालाई समस्या परिरहेको लालबन्दी नगरपालिका वडा नं. १४ नारायण खोलाका वडाध्यक्ष सुबाई सिंह ब्लोनले बताए । गाडी नचलेका कारण स्थानीय कोही बिरामी परे झोलुंगोमा हालेर स्वास्थ्य संस्थासम्म पु¥याउने गरिएको छ । पैदल हिँडेर बजार वा अस्पतालसम्म आउँदा खोला बाढी आएर बगाउने त्रास रहेको नारायण खोलाको सत्रकठ्ठा गाउँका गंगा मगरले गुनासो गरे । यस्तै, दिनहुँजसो भइरहेको वर्षाले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य भित्री सडकहरु अत्यधिक हिलाम्मे भएका छन् ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग र पुलहरुमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News